sweet bonanza
February 21, 2026 | शनिबार, फाल्गुन १०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बड्डीज्यावनमा चार महिनादेखि खानेपानी समस्या

  • साझा परिवेश
  • आइतवार, बैशाख १७, २०८० १0:३७
बड्डीज्यावनमा चार महिनादेखि खानेपानी समस्या

रासस
बझाङ । बझाङको बुङ्गल नगरपालिका–६ स्थित बड्डीज्यावनवासीले चार महिनादेखि खानेपानी समस्या भोग्दै आएका छन् ।

‘सोलार लिफ्टिङ’ प्रविधिबाट निर्माण गरिएको खानेपानी आयोजनाको सौर्य ऊर्जामा समस्या आएपछि गत माघदेखि गाउँमा खानेपानी समस्या भएको हो । सौर्य ऊर्जा बिग्रिएर धारामा पानि आउन बन्द भएपछि स्थानीय आउँदाजाँदा एक घन्टा पैदल हिँडेर वेउर भन्ने ठाउँको पानी बोकेर पिउन बाध्य भएका छन् ।

घाम लागेकै दिनमात्र धारामा पानी आउने र धेरैजसो बिग्रिरहने समस्याले हैरान भएको स्थानीयवासीले जनाएका छन् । सोलार लिफ्टिङ प्रविधिबारे ज्ञान नहुँदा सामान्य बिग्रिए पनि आफूहरूले खानेपानीबाट बञ्चित हुनुपरेको स्थानीय हर्कबहादुर बोहराले बताउनुभयो ।

बड्डीज्यावनकी स्थानीय कलसी धामीले भन्नुभयो, “पाँच–छ परिवारका लागि एउटा धारा निर्माण गरिएको छ तर गाउँमा सबै धारा रित्ता छन्, पानी आउँदैन । पानीको निकै अभाव छ । गाउँका २५ घरधुरीले चार महिनादेखि खानेपानीको अभाव झेल्नुपरेको छ । सरसफाइको कुरै छाडौँ खानेपानी पनि बोकेर ल्याउनुपर्ने बाध्यता छ ।”

खानेपानीको अभाव भएदेखि विद्यालयमा विद्यार्थीको उपस्थिति पनि न्यून हुने गरेको महादेव आधारभूत विद्यालयका प्रधानाध्यापक मानबहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “स्कुले केटाकेटी पानी ल्याउन जान्छन् । पानी बोक्दाबोक्दै स्कुलको घन्टी बज्छ । घण्टी लागेपछि विद्यार्थी स्कुल आउँदैनन् ।” बड्डीज्यावन सोलार लिफ्टिङ खानेपानी योजना विसं २०७७ मा ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको आर्थिक सहयोगमा सम्पन्न भएको थियो । तीन किलोवाट क्षमताको सौर्य ऊर्जाबाट एक हजार पाँच सय मिटर तलको खोलाबाट लिफ्टिङ गरी गाउँमा खानेपानी पु¥याइएको थियो ।

लिफ्टिङ खानेपानी बिग्रिँदा पनि परियोजनाले नै मर्मतका लागि सहयोग गर्ने गरेको थियो । तर गत असारबाटै जिल्लामा परियोजनाको कार्यावधि सकिएर अब आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भन्दै काम गर्न छाडेपछि समस्या भएको स्थानीयले बताएका छन् । बड्डीज्यावन सोलार लिफ्टिङ खानेपानी परियोजनाका अध्यक्ष कल्यान धामीले जिल्लाभित्र लिफ्ट प्रविधिसम्बन्धी ज्ञान भएको दक्ष प्राविधिक नभएपछि दक्ष प्राविधिक काठमाडौँबाट ल्याउनुपर्ने र आफूहरूसँग आर्थिक स्रोत नभएका कारण काठमाडाँैबाट प्राविधिक ल्याउन नसकिएको बताउनुभयो ।

यस विषयमा सम्बन्धित निकायलाई जानकारी गराएको भए पनि चार महिनासम्म कुनै निकायले पनि चासो नदेखाएको स्थानीयको गुनासो छ । सोलार लिफ्टिङबाट सञ्चालन भएको उक्त खानेपानीको सौर्य ऊर्जामा यसअघि गत असारमा पनि चट्याङले क्षति पु¥याएपछि बन्द भएको थियो । पछि खानेपानी कार्यालय बझाङको सहयोगमा मर्मत भएको थियो । यस बुङ्गल नगरपालिकाका प्रमुख जयबहादुर धामीले खानेपानी परियोजना मर्मतका लागि पहल भइरहेको जानकारी दिनुभयो छ । उहाँले त्यहाँका स्थानीयलाई खानेपानीको समस्याबाट मुक्त गर्न आफूले सक्दो प्रयास गर्ने बताउनुभयो ।

पानी ल्याउनुपर्ने ठाउँमा मन्दिर हुँदा महिनावारी भएका महिलालाई समस्या भएको छ । पानी ल्याउने ठाउँ नजिकै वेउर देवताको मन्दिर भएकाले महिनावारी भएको बेला महिलालाई पानी ल्याउन समस्या हुने गरेको स्थानीय नन्ता बोहराले बताउनुभयो ।

उहाँले भन्नुभयो, “देवताको मन्दिर परिसरभित्रबाट पानी ल्याउनुपर्ने भएकाले महिनावारी भएका बेला हामीले जान हुँदैन । कहिलेकाहीँ पानी बोक्दाबोक्दै छोराछोरीको स्कुल पनि छुट्छ । गाउँमा पुरुष जति कमाइका लागि घर बाहिर जाने भएकाले अधिकांश घरपरिवारमा महिलामात्रै हुन्छन् ।” महिनावारी भएको बेला पानी ल्याउन गएमा देवता रिसाउने डरले पानी नभरेर नै फर्कने गरेको उहाँको भनाइ छ । नगरपालिकाले सौर्य प्रविधि मर्मतको प्रयास गरेको भए पनि जिल्लामा दक्ष प्राविधिक नहुँदा समस्या भएको जनाएको छ ।

  • साझा परिवेश
  • आइतवार, बैशाख १७, २०८० १0:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

छुटाउनुभयो कि?

casino giriş
casino bet giriş
casino giriş
online pokies payid