sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

८ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य हावादारी प्रमाणित : विष्णु पौडेल

  • साझा परिवेश
  • बुधबार, बैशाख २०, २०८० 0८:0९
८ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य हावादारी प्रमाणित : विष्णु पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अघिल्लो सरकारले लिएको ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य हावादारी प्रमाणित भएको टिप्पणी गरेका छन् ।

मंगलबार तथ्यांक विभागले सार्वजनिक गरेको आर्थिक वृद्धिको प्रक्षेपणबारे प्रतिक्रिया दिँदै पौडेलले यस्तो दाबी गरेका हुन् । आर्थिक वृद्धिदर २.१६ प्रतिशत कायम हुने विभागको प्रक्षेपणले अघिल्लो सरकारले चालू आर्थिक वर्षको बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिदर गर्ने राखेको लक्ष्य हावादारी भएको प्रमाणित भएको पौडेलले बताए ।

उपभोक्ता मूल्यमा १.८६ प्रतिशत र आधारभूत मूल्यमा २.१६ प्रतिशतले मात्रै आर्थिक वृद्धिदर हुने तथ्याङ्क विभागको प्रक्षेपणले मुलुकको अर्थतन्त्र संकट र मन्दीमा गएको संकेत गरेको पूर्वअर्थमन्त्रीकझ भनाई छ ।

पछिल्ला दुई आर्थिक वर्षको पहिलो त्रैमासिकको तुलना गर्दा ०.३४ प्रतिशतले आर्थिक वृद्धिदर ऋणात्मक रहेकाले अर्थतन्त्र जोखिममा परेको प्रमाण भएको पौडेलले बताए ।

अहिलेको सरकारले देशको अर्थतन्त्र संकट र मन्दीमा धकेलिरहेको आरोप लगाउँदै पौडेलले भने,‘तथ्यांक विभागले सार्वजनिक गरेको प्रतिवेदन हेर्दा मुलुकको आर्थिक अवस्था अत्यन्त चिन्ताजनक
देख्न सकिन्छ । विभागले प्रकाशित गरेको पछिल्ला दुई आर्थिक वर्षका त्रैमासिकको तुलना गर्दा आर्थिक वृद्धिदर ०.७३ प्रतिशतले ऋणात्मक देखिन आएको छ । यसले देशको अर्थतन्त्र पूर्णतः मन्दीमा प्रवेश गर्‍यो भन्ने प्रमाण हो ।’

एमाले नेतृत्वको सरकारले विषम परिस्थितिमा नाकाबन्दीको विरुद्धमा लड्दा, पुनर्निर्माण गर्नुपर्ने अवस्थामा पनि अर्थतन्त्र ठीक ठाउँमा ल्याउन सकेको उनको जिकिर थियो ।

‘अहिलेको गठबन्धन सरकारकै बजेटमा देशको आर्थिक वृद्धिदर ८ प्रतिशत हासिल गर्न सकिन्छ भन्ने महत्वकांक्षी लक्ष्य लिएको थियो । तथ्यांक विभागको प्रतिवेदनलाई हेर्दा उपभोक्ता मूल्यमा १.८६ प्रतिशत र आधारभुत मूल्यमा २.१६ प्रतिशतले मात्रै आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको छ । यो तथ्याङकले चालू आर्थिक वर्षमा सरकारले ८ प्रतिशत आर्थिक वृद्धि गर्ने लिएको लक्ष्य हावादारी थियो भन्ने पुष्टि गर्दछ’, पौडेलले भने ।

अहिलेसम्मका सरकारका काम कारबाहीहरू अर्थतन्त्रका चुनौतीलाई समाधान गर्नेतर्फ नदेखिएको भन्दै उनले सरकार बेसरोकारको अवस्थाबाट गुज्रिएरहेको टिप्पणी गरे ।

  • साझा परिवेश
  • बुधबार, बैशाख २०, २०८० 0८:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid