April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
रास्वपाका मिलन लिम्बुको १० प्रतिशत मत नपुगेपछि जमानत जफत इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो

यसरी बढाउने सोचको स्तर

  • साझा परिवेश
  • बिहिबार, बैशाख २१, २०८० १५:0७
यसरी बढाउने सोचको स्तर

हाम्रो मस्तिष्कले हरेक क्षण केही न केही कुरा सोचिरहेकै हुन्छ । कहिले सकारात्मक त, कहिले नकारात्मक सोच दिमागमा आइरहेका हुन्छन् ।नकारात्मक सोचले राम्रो गर्दैन भन्ने थाहा हुँदाहुँदै पनि वरिवरिको परिवेश, वातावरण, प्रणालीलगायतले यस्तो सोच आउन बाध्य बनाइरहेका हुन्छन् । हरेक क्षण सकारात्मक सोच राख्नु उत्तम हो, अनि सोच्ने स्तर पनि बढाउँदा सिर्जनशील बन्न मद्दत पुग्छ । तर कसरी सोच्ने स्तर बढाउने त ? यसका लागि केही कुरामा ध्यान दिनुपर्छ ।

१. खानपान

हामीले कस्तो खानेकुरा खान्छौं भन्ने कुराले पनि हाम्रो सोचलाई प्रभावित बनाउँछ । सधैं बासी सडेगलेका खानेकुरा खानाले हाम्रो शरीर अस्वस्थ हुन्छ । अस्वस्थ मस्तिष्कले सोच्ने कुरा पनि नकारात्मक नै हुन्छ । त्यस्तै जाँड, रक्सी, चुरोट, खैनी जस्ता धुम्रपान र मद्यपानले हामीलाई उत्तेजित र अवास्तविक दुनियाँमा लैजाने गर्छन् । त्यसले पनि सकारात्मक सोच विकासमा बाधा सिर्जना गर्छ । त्यस्तै अधिक चिनीको सेवन गर्नाले, धेरै जंकफुड खाँदा पनि मानिसको चित्तमा अधीरता, चञ्चलता र अस्वस्थ विचार पैदा हुने सम्भावना हुन्छ ।

२. संगत

भनिन्छ नि, ‘संगतगुनाको फल ।’ हामी खराब व्यक्तिको संगत गर्छौं भने हाम्रो सोच पनि खराब बन्दै जान्छ भने राम्रा र असल मान्छेको संगतले हाम्रो सोचमा पनि सकारात्मक प्रभाव पार्छ । तपाईंले संगत गर्ने पाँच जना साथी सबै औसत छन् भने तपाईं पनि त्यस्तै बन्नुहुन्छ । यसबाट पनि अन्दाज गर्न सकिन्छ नि हाम्रो संगतले हाम्रो सोच विचारमा प्रत्यक्ष प्रभाव पारेको हुन्छ ।

३. सामाजिक सञ्जाल

आजभोलि सामाजिक सञ्जालबिनाको दैनिकी कल्पना गर्नै गाह्रो होला । हाम्रो सोचविचारमा सामाजिक सञ्जालको प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव परिरहेको हुन्छ । हाम्रो सोच कस्तो हुने भन्ने कुरा हामीले सामाजिक सञ्जालमा कस्तो कुरा हेर्छौं, कस्तो कुरा सुन्छौँ, के कुरा पढ्छौं भन्ने कुराले पनि निर्धारण गर्छ ।

हत्या, हिंसा, चोरी, डकैती जस्ता नकारात्मक खबर वा सामग्री हेर्ने सुन्ने गर्नाले हाम्रो दिमागमा पनि निराशा, गाली, डर, त्रास पैदा हुन्छ भने विकास निर्माण र प्रगतिका कुरा हेर्ने सुन्ने हेर्ने गर्नाले दिमागमा पनि आशा, भरोसा र जीवनप्रतिको सकारात्मक धारणा पैदा हुन्छ ।

४. पारिवारिक वातावरण

हाम्रो सोचलाई हाम्रो पारिवारिक बातावरणले पनि प्रभाव पारेको हुन्छ । परिवारमा प्रेम, सद्भाव, सहयोग र मेलमिलाप छ भने परिवारका सदस्यहरूमा पनि सकारात्मक सोच विकास हुन्छ । सधैं कलह, झगडा र लडाइँ हुने परिवारमा नकारात्मक विचारको विकास हुने गर्छ ।

५. शारीरिक कसरत

जो व्यक्ति निष्क्रिय भएर अल्छी गरेर बसिरहन्छ, उसको दिमागमा नकारात्मक विचार पैदा हुने सम्भावना हुन्छ । जसले नियमित कसरत, व्यायाम, योगा, ध्यान गर्छ उसको सोच विचारमा पनि शुद्धीकरण आउँदै जान्छ ।ढाड कुप्रो पारेर, टाउको निहुराएर, झोक्राएर बस्ने मान्छे सधैं निराशा तथा नकारात्मक सोचले भरिएको हुन्छ । तर जसले शिर ठाडो पारेर हिंड्ने, ढाड सिधा पारेर बस्ने गर्छन् उनीहरुको दिमागमा पनि सकारात्मक सोच पैदा हुने गर्छ ।

६. व्यस्तता

भनाइ नै छ– खाली दिमाग सैतानको घर । जो व्यक्तिले आफूलाई मन पर्ने काममा व्यस्त राख्छन् उनीहरुलाई नकारात्मक कुरा सोच्ने फुर्सद नै हुँदैन । दिमाग भनेको खाली जमिन जस्तै हो । यदि यसलाई खनजोत गरेर फलफूल, तरकारी रोपेनौं भने झारपात, घाँसपात आफैं उम्रिन्छ । त्यसैले नकारात्मक सोच नआओस् भन्न सधैं दिमागलाई सिर्जनशील र रुचिपूर्ण काममा व्यस्त राख्नुपर्छ ।

(डा. ताराजी प्रेरक वक्ता हुन् । उनीसँगको कुराकानीमा आधारित–अनलाइनखबरबाट)

  • साझा परिवेश
  • बिहिबार, बैशाख २१, २०८० १५:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।