May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

मेची भन्सार भित्र बाटै खुलेआम बिनाचेकजाच लाखाैं तस्करी !

  • साझा परिवेश
  • बिहिबार, बैशाख २१, २०८० १७:३0
मेची भन्सार भित्र बाटै खुलेआम बिनाचेकजाच लाखाैं तस्करी !

झापा । । खगेन्द्र घिमिरे। 

मेची भन्सार भित्रेै बाट लाखाै मुल्य वरावरकाे सामान अवैध रुपमा खुलेआम तस्करी हुने गरेकाे रहस्य खुलेकाे छ ।

आज बिहान ६:२७ मा भातरबाट नेपाल भित्रिएकाे भारतीय सवारी खाली भन्दै भन्सार भित्रैबाट छाेपछि त्याे सवारी काली खाेलामा पक्राउ परेपछि यस बिषयकाे रहस्य सार्वजनिक भएको हाे ।
पक्राउ परेकाे भारतीय सवारीले खाली सवारी वाहेक अन्य कुनै सामानकाे भन्सार तिरेको देखिदैन् । तर सवारी भित्र अवैध रुपमा सामान सहित ट्रक र १ जना मानिस नियन्त्रण आएपछि भन्सारका कर्मचारीकाे कर्तुत बाहिर आएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले जिल्ला झापा मेचीनगर नगरपालिका वडा नं. ६ स्थित काली खोला छेउमा पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको WB73A 4266 नं. को भारतिय ट्रक भन्सार कार्यालय भित्र प्रवेश गरी एक दिनको भन्सार काटी निस्किएकोमा शंका लागी चेकजाँच गर्दा अबैध रुपमा भन्सार छलि ट्रकको Cabin, छत र अन्य बिभिन्न ठाउहरुमा समेत लुकाई नेपाल तर्फ ल्याउदै गरेको स्मार्ट मोबायल ३५ थान, टायल २४ कार्टुन, २ कार्टुन औषधी र राधे राधे लेखिएको गम्छा कपडा ३७८० पिस गरी करिव दस लाख ९० हजार १ सय ७० वरावरकाे अवैध सामान र१२ लाख बराबरको ट्रक समेत गरी जम्मा २२,९०,१७० भन्सार बुझाएको छ ।

प्रहरीले गाेप्य सूचनाको आधारमा बराबरको सामान, ट्रक र ट्रक चालक देश भारत जिल्ला जल्पाईगुडी बुलेट पञ्चायत थाना कर्तली बस्ने बर्ष ३८ को निरन्जन राय समेतलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी मेची भन्सार कार्यालय काकरभिट्टामा बुझाइए जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्र प्रसाद रिजालले बताए ।

यस बिषयमा मेची भन्सार कार्यायका प्रमुख रामप्रसाद पाठकले यस बिषयमा अनुसन्धान सुरु भएको बताए । थप कुरा अनुसन्धान बाट थाहा हुने भन्दै यदि कर्मचारी संलग्न भए कार्वाही हुने बताए ।

भन्सार भित्र बाट भित्रिएका सवारी साधान बिना चेकजाँच छाेड्दा यसरी खुलेआम अवैध तस्करी हुनुमा कर्मचारी देखि माथिल्लो निकाय सम्मकाे संलग्नता हुन सक्ने स्राेत बताउँछ ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख २१, २०८० १७:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट