May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

राजदेवी मन्दिरमा आज एकै दिन झण्डै २० हजार बलि

  • साझा परिवेश
  • शुक्रबार, बैशाख २२, २०८० १३:४४
राजदेवी मन्दिरमा आज एकै दिन झण्डै २० हजार बलि

जनकपुरधाम । सिरहाको लहान नगरपालिकाका १५ ढोढनास्थित पञ्चावती राजदेवी मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । मनोकांक्षा पूरा हुने विश्वासमा यहाँ बोका र परेवाको बलि चढाइन्छ ।

यो वर्ष करिब १८ देखि २० हजार बोकाको बलि दिइने मेला आयोजक समितिको अनुमान छ ।

शान्तिको कामना गर्दै बुद्धजयन्ती मनाइरहँदा सोही दिनमै हजारौं पशुपन्छीको बलि दिइएको भन्दै टिप्पणीसमेत हुने गरेको छ ।

राजदेवी मातालाई भाकल गर्दा सन्तान प्राप्ति हुने, रोगबाट मुक्ति मिल्ने र मनोकांक्षा पूरा हुने जनविश्वास छ । सोही विश्वासका साथ आजको दिन बली चढाइन्छ । बोका र परेवाको बली दिनेको संख्या वर्षेनी बढ्दै गएको स्थानीय बताउँछन् ।

लहान बजारदेखि मन्दिर करिब सात किलोमिटर उत्तरमा पर्छ । यो क्षेत्रमा अहिले जताततै भीड देख्न सकिन्छ । अत्यधिक भीडकै कारण लहान बजारदेखि मन्दिर पुग्न घण्टौं लाग्छ । सडक व्यवस्थापनमा सयौं ट्राफिक प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

सिरहा, सप्तरी, उदयपुर, धनुषासहित छिमेकी मुलुक भारतको बिहार राज्यका श्रद्धालुहरू मेला भर्न र बलि चढाउन आएका छन् ।

मन्दिर क्षेत्र १ बिघा ५ कठ्ठा ५ धुर क्षेत्रफलमा फैलिएको छ । पहिले जङ्गलको बीचमा मन्दिर थियो । तर, अहिले जंगल फडानी भइसकेको छ ।

‘पहिले चारैतिर जंगल हुंदा गर्मीमा पनि समस्या हुँदैन्थ्यो,’ स्थानीय विजय चौधरीले भने, ‘तर अहिले छहारी पनि छैन । मेला भर्न आउनेको संख्या पनि बढ्दै गएको छ । त्यसैले श्रद्धालु समस्यामा पर्छन् ।’

उक्त मन्दिरमा बलि चढाउने परम्पराको सुरूवात सयौं वर्ष अगाडि भएको स्थानीय बताउँछन् । त्यहाँ पहिले मन्दिर थिएन । गाउँलेहरू गोठाला जान्थे । तर, दिनहुँ गाईवस्तु हराउन थालेपछि दिलाराम भट्ट नामका धामीले पूजापाठ गरे । उनले राति सपनामा राजदेवी माता देखे र माताले नै बलि चढाउन भनेपछि पहिलोपटक बलि चढाएको र वस्तुभाउ हराउने समस्याबाट मुक्ति पाएको बुढापाकाहरू बताउँछन् ।

उनै धामी भट्टका परिवारका सदस्य अहिलेसम्म मन्दिरका पूजारी छन् । मन्दिर बनेपछि भाकल गर्नेको संख्या वर्षेनी बढ्दै अहिले हरेक लाख बढीले दर्शन गर्न पुग्छन् । भाकल पूरा भएपछि पनि लड्डू चढाउने र बलि दिने गर्छन् ।

  • साझा परिवेश
  • शुक्रबार, बैशाख २२, २०८० १३:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट