May 19, 2024 | आइतवार, जेष्ठ ६, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

स्वतन्त्र, निष्पक्ष र व्यावसायीक पत्रकारितामा जोड

  • साझा परिवेश
  • शुक्रबार, बैशाख २२, २०८० १४:२१
स्वतन्त्र, निष्पक्ष र व्यावसायीक पत्रकारितामा जोड


म्याग्दी ।
पत्रकारहरुले पेसागत मर्यादालाई ख्याल गर्दै स्वतन्त्र, निष्पक्ष र व्यावसायीक पत्रकारितालाई अगाडि बढाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

शुक्रबार बेनीमा आयोजित नेपाल प्रेस युनियन म्याग्दी शाखाको आठौं साधारणसभा तथा छैठौं अधिवेशनमा आफ्नो धारणा राख्नुहुँदै वक्ताहरुले सञ्चारमाध्यम र पत्रकारहरुले व्यवसायीक मर्यादालाई ख्याल गर्दै इमान्दार भएर कलम चलाउनुपर्नेमा जोड दिएका हुन् ।

अधिवेशनमा प्रतिनिधिसभाका सदस्य खमबहादुर (खम्बिर) गर्बुजाले लोकतान्त्रिक आन्दोलन, सुशासन र आर्थिक विकासका लागि नेपाली प्रेस जगतले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले प्रेसका कमीकमजोरीहरु भए पनि आगामी दिनमा सुधार गर्दै प्रेस जगतलाई बलियो बनाउनुपर्ने विचार व्यक्त गर्नुभयो । प्रेस जगत बलियो भयो भने मात्र लोकतन्त्र बलियो र संस्थागत हुने उहाँको भनाइ छ ।

प्रेसलाई मर्यादित, सन्तुलित बनाउँदै दिगो व्यवस्थापनका लागि आवश्यक पर्ने नीति, नियम, कानन र ऐन निर्माणका लागि आफूले पहल गर्ने जानकारी उहाँले दिनुभयो । मोफसलमा रहेका सञ्चार माध्यमको विकास र पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि स्थानीय र प्रदेश सरकारले आवश्यक सहयोग गर्नुपर्ने सांसद गर्बुजाको भनाई थियो ।

नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष ऋषिकान्त पौडेलले नेपालको राजनीतिक आन्दोलन, आर्थिक विकास र सामाजिक क्षेत्रमा प्रेस जगतले खेलेको भूमिकालाई सम्मान गर्दै पत्रकारहरुको क्षमता विकास र सञ्चारमाध्यमको दिगो व्यवस्थापनका लागि सरकारले आवश्यक पहल गर्नुपर्ने बताउनुभयो । उहाँले मोफसलमा रहेका स्वरोजगारमुलक सञ्चारमाध्यमलाई बलियो बनाउन सरकारले दिने लोककल्याणकारी विज्ञापनलाई अझ व्यवस्थित बनाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

कोरोना महामारीका कारण मोफसलका सञ्चारमाध्यमहरु सङ्कटमा परेको बताउँदै उहाँले भन्नुभयो, ‘‘आर्थिक सङ्कटका कारण कतिपय सञ्चारमाध्यमहरु बन्द हुने अवस्थामा पुगेका छन् । पत्रकारहरुको रोजीरोटी खोसीएको छ । त्यसैले, संचारमाध्यमको संरक्षण र पत्रकारहरुको क्षमता विकासका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकार गम्भीर बन्नुपर्दछ ।’’

गण्डकी प्रदेश सांसद विमला गौचनले पत्रकारहरुले जिल्लाको विकास र समृद्धिका पक्षमा कलम चलाउनुपर्ने बताउनुभयो । पत्रकारहरु राजनीतिक दलको प्रभावबाट मुक्त भएर स्वतन्त्र, निष्पक्ष र सन्तुलित भएर कलम चलाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

अधिवेशनमा प्रेस युनियनका महासचिव दिलिप पौडेलले नेपालको लोकतान्त्रिक आन्दोलन, सामाजिक परिवर्तन र सुशासनका पक्षमा नेपाली प्रेसले खेलेको भूमिकालाई नजरअन्दाज गर्न नमिल्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले राजनीतिक क्षेत्रमा भएका विकृति र सुशासनका पक्षमा प्रेसको खबरदारीका कारण सरकारको आँखा खुलेको बताउनुभयो । पत्रकारहरुले पनि आफूमा भएको कमिकमजोरीहरुलाई सुधार गर्दै व्यावसायिक र मर्यादित पत्रकारितालाई अगाडि बढाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

संविधानसभा सदस्य रेशम बानियाँले म्याग्दीमा पत्रकारहरुले खेलेको भूमिका सकरात्मक भएको बताउनुभयो ।

अधिवेशनमा प्रेस युनियनका केन्द्रीय सचिव नरहरी सापकोटा, सदस्य माया अधिकारी, गण्डकी प्रदेश अध्यक्ष टंक अधिकारी, प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीका अध्यक्ष प्रताप बानियाँ, प्रेस सेन्टर म्याग्दीका अध्यक्ष कमल खत्री, म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठ र ट्रेड युनियन कांग्रेसका जिल्ला अध्यक्ष कोमलप्रसाद उपाध्यायले व्यवसायिक र मर्यादित पत्रकारितामा जोड दिनुहुँदै कोरोना महामारीका कारण समस्यामा परेका पत्रकार र सञ्चारमाध्यमको सवलीकरणका लागि जोड दिनुभएको थियो ।

अधिवेशनका अवसरमा प्रेस युनियन म्याग्दीले स्थापना गरेको अध्यक्षकोषबाट अग्रज पत्रकारद्वय  अजयमिलन श्रेष्ठ र विक्रम बोगटीलाई दोसल्ला, सम्मानपत्र र नगद पुरस्कारले सम्मान गरिएको थियो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, बैशाख २२, २०८० १४:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।