May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

ट्वीटरबाटै अब भ्वाइस र भिडियो कल !

  • साझा परिवेश
  • बिहिबार, बैशाख २८, २०८० १३:२३
ट्वीटरबाटै अब भ्वाइस र भिडियो कल !

काठमाडौं । एलन मस्कले कम्पनी खरीद गरेसँगै ट्वीटरमा विभिन्न परिवर्तनहरु लगातार भैरहेका छन् । कतिपय परिवर्तनहरु प्रयोगकर्ताको तीव्र आलोचनाको शिकार बनिरहेका छन् ।तर ट्वीटरमा गरिएका केही परिवर्तनप्रति भने प्रयोगकर्ताको सकारात्मक प्रतिक्रिया पनि आउने गरेको छ । यसैबीच ट्वीटरले पछिल्लो पटक प्रयोगकर्ताको वाहवाही पाउने खालको घोषणा गरेको छ । कम्पनीका अनुसार प्लाटफर्ममा केही बहुप्रतिक्षित फिचरहरु निकट भविष्यमै थप हुँदैछन् ।

ट्वीटरका अनुसार यसको डाइरेक्ट मेसेज अर्थात् डिएम फिचरमा अत्यन्तै आवश्यक ठानिएको परिवर्तन गरिँदैछ जस अन्तरगत डिएमभित्र डिएम रिप्लाइज फिचर थपिनेछ । यसबाट प्रयोगकर्ताले आफ्नो ट्वीटरमा कसैले पठाएको डाइरेक्ट मेसेजको जवाफ दिन सक्दछन् । यसले ट्वीटरमा हुने संवादलाई सरल तथा सहज बनाउनेछ । अहिले ट्वीटरको डिएममा कुनैपनि खास मेसेजलाई नै थिचेर त्यसको मात्र रिप्लाई दिन सकिने सुविधा छैन र सोलोडोलो डिएममै जवाफ लेख्नु पर्दछ । यसका साथै ट्वीटरको डिएममा इमोजी छान्ने नयाँ टुल पनि थपिएको छ । जसबाट प्रयोगकर्ताले डिएममा सहजै इमोजी छानेर पठाउन सक्दछन्।

यस विषयमा ट्वीट मार्फत् जानकारी गराउँदै एलन मस्कले अब निकट भविष्यमै डिएममा हुने संवादहरु इनक्रिप्सन मार्फत् सुक्षित हुने पनि बताएका छन् । जसका कारण तेस्रो पक्षले ट्वीटरमा हुने संवाद हात पार्न सक्नेछैन । एलन मस्कले अर्को सबैभन्दा महत्वपूर्ण घोषणा पनि गरेका छन् । जस अनुसार अब ट्वीटरमा निकट भविष्यमै भ्वाइस तथा भिडियो कल पनि गर्न सकिनेछ । मस्कले भनेका छन्यो-फिचरसँगै अब मानिसहरुले आफ्नो फोन नम्बर नदिइकनै ट्वीटरबाटै विश्वको जुनसुकै ठाउँका अन्य व्यक्तिसँग कुराकानी गर्न सक्नेछन् ।

एजेन्सी

  • साझा परिवेश
  • बिहिबार, बैशाख २८, २०८० १३:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।