April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

नेप्सेमा एकल अंकले वृद्धि, कारोबार रकम १ अर्ब २७ करोड

  • साझा परिवेश
  • सोमवार, जेष्ठ ८, २०८० १६:१५
नेप्सेमा एकल अंकले वृद्धि, कारोबार रकम १ अर्ब २७ करोड

८ जेठ, काठमाडौं ।

सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको वृद्धि भएको छ । गत मंगलबारदेखि बढ्न सुरु भएको नेप्से लगातार पाँचौ कारोबार दिन पनि बढेको हो । गत सोमबार करिब एक वर्ष अगाडिको न्यून विन्दुमा झरेर मंगलबारदेखि पुनः बढ्न सुरु भएको नेप्से त्यसयता लगातार पाँचौ कारोबार दिन पनि वृद्धि हुँदा करिब १९०० विन्दुको नजिक पुगेको छ ।

गत सोमबार ‘इन्ट्रा–डे’ कारोबारमा नेप्से १८०७.५३ अंकसम्म झरेको थियो । २३ जेठ २०७९ को ‘इन्ट्रा–डे’ कारोबारमा १८०६.९५ अंकसम्म झरेको नेप्से त्यसपछि पुनः बढेर २२०० अंकसम्म पुगेको थियो । सोमबार बजार परिसूचक नेप्से ८.१० अंकले वृद्धि हुँदा १८९१.३१ को विन्दुमा बन्द भएको छ ।
बजारलाई लिड गर्ने बैंकिङ उपसूचक ०.०२ प्रतिशतको सामान्य गिरावट र व्यापार उपसूचक ०.९९ प्रतिशतले गिरावट भएपनि अरु सबै उपसूचकमा वृद्धि हुँदा नेप्से पनि बढेको छ । उत्पादनमूलक उपसूचक सर्वाधिक २.४४ प्रतिशतले वृद्धि हुँदा होटल तथा पर्यटन उपसूचक १.५२ प्रतिशतले बढेका छन् ।

नेप्सेमा वृद्धि हुँदा लगातार तेस्रो कारोबार दिन पनि कारोबार रकम अर्ब नाघेको छ । गत बिहीबार करिब डेढ अर्बको कारोबार भएकोमा आइतबार डेढ अर्ब माथिको कारोबार भएको थियो ।
सोमबार नेप्सेमा २५ हजार ७४६ वटा कारोबारमा ३४ लाख ९५ ह
जार ७५२ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा १ अर्ब २७ करोड ८७ लाख रुपैयाँको कारोबार भएको छ ।
जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक ७ करोड ३५ लाखको कारोबार हुँदा सोल्टी होटलको ६ करोड १८ लाख र ओरियन्टल होलटको करिब ५ करोड ४० लाखको सेयर कारोबार भएको छ ।
सोमबार नेप्सेमा कुल २२१ सुचिकृत कम्पनीको सेयर कारोबार भएकोमा १३३ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ । त्यस्तै ७८ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा १० कम्पनीको सेयरमूलय भने स्थिर छ ।

जसमध्ये आत्मनिर्भर लघुवित्तको सेयरमूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा युनिलिभर नेपालको सेयरमूल्य ७.०१ प्रतिशत र गुडविल फाइनान्सको सेयरमूल्य ६.२३ प्रतिशतले वृद्धि भएको छ । यता ग्रिनलाइफ हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ७.३७ प्रतिशतले गिरावट हुँदा नयाँ सारथी लघुवित्तको सेयरमूल्य ३.६७ प्रतिशत र सपोर्ट माइक्रोफाइनान्सको सेयरमूल्य २.७० प्रतिशतले गिरावट भएो छ ।

  • साझा परिवेश
  • सोमवार, जेष्ठ ८, २०८० १६:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।