April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

विश्व कपका लागि नेपाली टोली तयार

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ ९, २०८० ११:४७
विश्व कपका लागि नेपाली टोली तयार

काठमाडौं । आईसीसी विश्व कप छनोटका लागि नेपालको प्रारम्भिक टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले हिजो जिम्बाब्वेमा हुने छनोटका लागि नेपालको २२ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो ।

प्रारम्भिक टोलीमा कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, कप्तान रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद, सन्दीप जोरा, देव खनाल, किशोर महतो, सूर्य तामाङ, कमल सिंह ऐरी, श्याम ढकाल र अविनास बोहोरा रहेका छन् ।

नेपाली टोलीले आजदेखि तयारी थाल्नेछ ।विश्व कप छनोट प्रतियोगितामा दश देशको सहभागिता रहेको छ । सहभागी दश टोलीलाई दुई समूहमा विभाजन गरिनेछ ।

विश्व कप सुपर लिगमा पुछारको पाँचमा रहेका श्रीलङ्का, वेस्ट इन्डिज, जिम्बाब्वे, आयरल्यान्ड र नेदरल्यान्ड्सले विश्व कप छनोटमा स्थान पक्का गरेका छन् ।

१३ देश सहभागी सुपर लिगबाट आयोजक भारत, पाकिस्तान, अष्ट्रेलिया , न्युजिल्यान्ड, बङ्लादेश, दक्षिण अफ्रिका, इङ्ग्ल्यान्ड र अफगानिस्तान सिधा विश्व कपका लागि छनोट भइसकेका छन् ।

विश्व कप छनोटमा लिग-२ बाट नेपाल, स्कटल्यान्ड र ओमानले स्थान बनाएका छन् । त्यस्तै, विश्व कप प्लेअफ क्वालिफायरबाट अमेरिका र यूएई शीर्ष दुईमा रहँदै विश्व कप छनोटमा पुगेका छन् ।

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ ९, २०८० ११:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।