sweet bonanza
February 14, 2026 | शनिबार, फाल्गुन ३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

भद्रगोल शंकरदेव क्याम्पसको शैक्षिक वातावरण

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १०, २०८० १0:२१
भद्रगोल शंकरदेव क्याम्पसको शैक्षिक वातावरण

काठमाडौं । शंकरदेव क्याम्पसमा शैक्षिक वातावरण बिग्रिरहेको छ। क्याम्पसका क्याम्पस प्रमुख, कार्यक्रम निर्देशक तथा उपनिर्देशक लगायतले राजीनामा दिएका छन् ।

क्याम्पस प्रमुख केशवराज जोशी, सहायक क्याम्पस प्रमुख तथा बीबीएस कार्यक्रम प्रमुख भोजराज ओझा, बीबीएम कार्यक्रम निर्देशक रीता मास्के र बीबीएम कार्यक्रम सहनिर्देशक केशर खातीले राजीनामा दिएका हुन् ।

क्याम्पस प्रमुख केशवराज जोशीले बिहीबार राजीनामा दिएसँगै एमाले र नेकपा समाजवादी निकट अनेरास्ववियूले ‘प्राध्यापक माथिको ज्यादती बन्द गर, राजीनामा दिएर जिम्मेवारीबाट भाग्न पाइँदैन’ भन्ने नारासहित ह्यासट्याग ‘सेभ शंकरदेव क्याम्पस’ चलाएका छन् ।

अनेरास्ववियू शंकरदेव क्याम्पस कमिटी अध्यक्ष सन्तोष शेर्पा अहिले क्याम्पसको शैक्षिक वातावरण बिग्रेको र विद्यार्थी प्रत्यक्ष प्रभावित भइरहेकाले आवाज उठाएको बताउँछन् ।

क्याम्पस प्रमुख तथा संकाय प्रमुखहरूले स्पष्ट कारण पनि नखुलाउने र विद्यार्थी प्रभावित हुने गरी राजीनामा दिन थालेपछि खबरदारी गरेको उनी बताउँछन् ।

‘क्याम्पस प्रमुख, फ्याकल्टी मेम्बरहरू अधिकांशले राजीनामा दिनुभएको छ । स्पष्ट कारण पनि दिइरहनुभएको छैन,’ उनी भन्छन्, ‘तर अनौपचारिक रूपमा भने स्ववियुको दबाबले हो भन्ने सुनिएको छ ।

त्यसैले प्राध्यापकहरू माथि कुनै पनि खालको दबाब, अभद्र व्यवहार हुनुहुँदैन र जिम्मेवार व्यक्तिले पनि भाग्नु मात्रै विकल्प होइन भनेर खबरदारी गरिएको हो ।’

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १०, २०८० १0:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid