May 19, 2024 | आइतवार, जेष्ठ ६, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

खसी भनेर बाख्री काटेर बेच्ने पक्राउ

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ २३, २०८० ११:0१
खसी भनेर बाख्री काटेर बेच्ने पक्राउ

 

तनहुँ। तनहुँको सदरमुकाम दमौलीमा उपभोक्तालाई खसीको भन्दै बाख्रीका मासु बेच्ने दुई भारतीय व्यापारी पक्राउ परेका छन् ।

भारत बिहार प्रदेश मोतिहारी जिल्ला भेलादी मुराहवागाउँ घर भई हाल जिल्ला तनहुँ व्यास नगरपालिका–५ चापाघाट बस्ने वर्ष १९ को ईस्तखार आलम र सोही ठाउँ निवासी वर्ष ४० को सनोज देवानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

व्यास नगरपालिका क्षेत्रका मासु पसलमा बाख्राको मासु मिसावट गरेर बिक्री हुँदै आएको गुनासोका आधारमा निगरानी बढाइएको थियो । सोही अनुरूप जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तनहुँ, व्यास नगरपालिका, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र गुणस्तर तथा नापतौल कार्यालय तनहुँको संयुक्त अनुगमन टोलीले पक्राउ गरेको हो । व्यास नगरपालिका–३ तरकारीलाईन स्थित व्यास नगरपालिकाको हाता भित्र रहेको तनहुँ मासु व्यवसायी  सङ्घमा दर्ता रही सञ्चालन रहेका विभिन्न मासु पसलहरूको गुणस्तर मापन गर्ने उद्देश्यले चेकजाँच गर्ने क्रममा फेला पारिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिनुभयो ।  ईस्तखार आलमले सञ्चालन गर्दै आएको महम्मद फिरोज मासु पसल चेकजाँच गर्ने क्रममा खसीको मासु भनी बिक्री गर्नको लागी बाख्री ९स्त्री० जातको मासु काट्दै गरेको अवस्थामा फेला परेको प्रनाउ खाँडले बताउनुभयो ।

सोमबार जिल्ला प्रशासन कार्यालय तनहुँ उपस्थित गराई निजहरू उपर कालो बजार तथा केही अन्य सामाजिक अपराध सम्बन्धी कसुरमा दिन सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । दमौलीमा यस्तो घटना प्रमाण सहित फेला परेपछि स्थानीय उपभोक्ताहरू खुसी भएका छन् । पक्राउ परेका व्यक्तिलाई कडा कारबाहीको माग उपभोक्ताले गरेका छन् । प्रशासनले यस्ता पसलको पटक पटक अनुगमन गरिरहनु पर्ने धारणा स्थानीयको रहेको छ ।

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ २३, २०८० ११:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।