sweet bonanza
February 14, 2026 | शनिबार, फाल्गुन ३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

गर्मीको बेला लोडसेडिङ नगर्न र विद्यालयमा जस्तापाताका छाना हटाउन सांसदरुको माग

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ २५, २०८० १२:0८
गर्मीको बेला लोडसेडिङ नगर्न र विद्यालयमा जस्तापाताका छाना हटाउन सांसदरुको माग

काठमाडौं । सांसद तेजुलाल चौधरीले तराई मधेशका सामुदायिक विद्यालयहरुमा जस्तापाताको छानो हटाएर ढलान गर्न माग गरेका छन् ।

गर्मीको बेला जस्तापाताको छानोले विद्यार्थी, शिक्षक र कर्मचारी झन् बढी प्रभावित हुने भन्दै उनले जस्तापाताको छानो हटाएर ढलान गर्न माग गरेका हुन् ।

बिहीबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै उनले भने, ‘तराई मधेशका सामुदायिक विद्यालयहरुमा ९० प्रतिशत जस्तापाताको छाना छ । त्यो जस्तापाताको सट्टा ढलान गर्न जोडदार माग गर्दछु ।’

चौधरीले जस्तापाताको छानो हुन्जेल पंखा र बिजुलीको व्यवस्था गरिदिन सरकारको ध्यानाकर्षण गराए । उनले आन्दोलनरत नेपाल कर्मचारी परिषदका माग सम्बोधन गर्न पनि माग गरे ।

शून्य समयमा बोल्ने सांसदहरुले गर्मीको सयमा छिनछिनमा लोडसेडिङ हुने गरेको भन्दै बिजुलीको नियमित आपूर्तिको व्यवस्था मिलाउन पनि माग गरेका छन् ।

सांसद धवलशमशेर राणाले नेपालगञ्ज क्षेत्रमा नेशनल ग्रिडलाई व्यवस्थित गरेर बत्ती नजाने व्यवस्था मिलाउन माग गरे ।

यसैगरी सांसद निर्मला कोइरालाले पनि गर्मीको समयमा बत्ती नजाने व्यवस्था मिलाउन माग गरिन् । नारायणी अस्पतालमा उपचारका लागि आउने विरामीहरु बत्ती नहुँदा गर्मीले छटपटाउनु परेको र पानीका स्रोतहरु सुकेर पानी पिउनसमेत नपाउने अवस्था रहेको भन्दै उनले ती समस्या समाधान गर्न ध्यानाकर्षण गराइन् ।

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ २५, २०८० १२:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid