May 16, 2024 | बिहिबार, जेष्ठ ३, २०८१
सुचनाहरु
आज मदन-आश्रित स्मृति दिवस ४८ विश्व कवि मध्ये शिर्ष एघारमा पर्दै ओझाले जिते भानुसिंह साहित्य पुरस्कार सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो ‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा निर्वाचन भएको दुई वर्षपछि पुनः मतगणना गर्न उच्च अदालत पोखराको आदेश सुनको मूल्य बढ्यो उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै कस्तो छ आजको मौसम ? विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी सदको अवरोध हटाउनेबारे प्रधानमन्त्री र सभामुखबीच छलफल नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो

गृहसचिव टेकनारायणलाई तारिखमा रिहा गर्न माग

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २९, २०८० १६:0८
गृहसचिव टेकनारायणलाई तारिखमा रिहा गर्न माग

काठमाडौं ।।

  • शंकाको भरमा मुद्दा चलाइएको
  • ‘मान्छे मारेको केस होइन,
  • जलासलाई शंका लाग्छ भने सन्दीप लामिछानेलाई झै शर्तसहित छाड्न माग

कानून व्यवसायीहरुले तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई शंकाको भरमा मुद्दा चलाइएको भन्दै सामान्य तारिखमा रिहा गर्न माग गरेका छन् ।

अरु आरोपितहरुले बयानका क्रममा टेकनारायणले कागजात फेरबदल गर्नसक्छ भनेर नाम पोलेको भरमा मुद्दा चलेको भन्दै पूर्व महान्यायाधिवक्तासमेत रहेका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठलेशंकाको भरमा कसैलाई पनि थुन्न नहुने बताए ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सोमबार भएको बहसमा पूर्व महान्यायाधिवक्ता श्रेष्ठले भने, ‘ऊ गृहसचिव भइहालेछ, उसलाई थाह नभएको पनि केही कुरा हुन्छ र भनेझै गरी मुद्दा चलाइयो । शंका लागेको कुरा पनि प्रमाण हुन्छ र ?’

सरकारको सचिव भइसकेको व्यक्ति भागेर जाने वा प्रमाण लोप गर्ने अवस्था नहुने भन्दै उनले धरौटी मागे हुने बताए । ‘मान्छे मारेको केस होइन, केही होइन’ उनले भने, ‘थुना र धरौटी पनि होइन, अझ बोलाएको बखत आउने गरी छाड्ने आदेश गरे हुन्छ ।’

इजलासलाई शंका लाग्छ भने सन्दीप लामिछानेलाई झै शर्तसहित छाड्ने सक्ने भन्दै उनले उच्च अदालतबाट भएको आदेश सर्वोच्चबाट सदर भएकोतर्फ ध्यानाकर्षण गराए ।

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २९, २०८० १६:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट