April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने रहेनन् वरिष्ठ पत्रकार भैरव रिसाल, अन्त्येष्टिका कार्यक्रम नहुने 

यस्ता अस्पतालहरुलाई निर्माणको स्वीकृति नदिने

  • साझा परिवेश
  • बुधबार, जेष्ठ ३१, २०८० १६:४९
यस्ता अस्पतालहरुलाई निर्माणको स्वीकृति नदिने

काठमाडौं ।।

  • सरकारले चालु आर्थिक वर्षको असारभित्र परियोजना लागु गर्ने 
  • विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नसकेका स्थानीय तहलाई
  • आधारभूत अस्पताल निर्माणको अनुमति नदिने
  • स्थानीय तहमा ५, १० र १५ शय्या
  • अस्पताल निर्माणको कार्यक्रममा नयाँ रणनीति 
  • हालसम्म ५१३ वटाको डीपीआर तयार भएको

सरकारले चालु आर्थिक वर्षको असारभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नसकेका स्थानीय तहलाई आधारभूत अस्पताल निर्माणको अनुमति नदिने भएको छ । प्रत्येक स्थानीय तहमा ५, १० र १५ शय्याको आधारभूत अस्पताल निर्माणको कार्यक्रममा नयाँ रणनीति लिएको हो ।

बुधबार बसेको संसद्को शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोख्रेलले आगामी आर्थिक वर्षदेखि आधारभूत अस्पतालको संख्या नबढाइने बताए ।

सरकारले आधारभूत अस्पताल नभएका ६५५ पालिकामा ५, १० र १५ शय्याका अस्पताल बनाउने लक्ष्य लिएको थियो । सोहीअनुसार दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७७ सालमा एकैपटक ३९६ वटा आधारभूत अस्पतालको शिलान्यास गरिएको थियो ।

तीमध्ये हालसम्म ५१३ वटाको डीपीआर तयार भएको छ । ४१४ वटाले निर्माणका लागि बजेट पाएको र २० वटा मात्रै निर्माण सम्पन्न भइसकेको मन्त्रालयको तथ्यांक छ । सरकारले निर्माणाधीन अस्पताल सम्पन्न गर्न आगामी आर्थिक वर्ष २०८०-०८१ का लागि आठ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

  • साझा परिवेश
  • बुधबार, जेष्ठ ३१, २०८० १६:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट