May 16, 2024 | बिहिबार, जेष्ठ ३, २०८१
सुचनाहरु
सुनसरीको भोक्राहा अवैध लागूऔषधसहित दुइ जना पक्राउ नेपालमा विद्युतीय सवारी साधनको प्रमोसन गर्नुपर्छ : कुलमान घिसिङ गृहमन्त्री लामिछानेद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत संसद बैठक चार बजेलाई सर्‍यो ; राष्ट्रियसभा बैठक पनि सारियो झापामा सुनजस्तो पहेँलो धातु देखाई सुन ठगी गर्ने एक युवक पक्राउ आईपीएल : आज सनराइजर्स र गुजरातबीच खेल हुँदै सुनको भाउमा नयाँ रेकर्ड राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची आज मदन-आश्रित स्मृति दिवस ४८ विश्व कवि मध्ये शिर्ष एघारमा पर्दै ओझाले जिते भानुसिंह साहित्य पुरस्कार सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो ‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा निर्वाचन भएको दुई वर्षपछि पुनः मतगणना गर्न उच्च अदालत पोखराको आदेश

विराटनगरले ३ अर्ब २८ करोड ५० लाख बजेट ल्यायो

  • साझा परिवेश
  • आइतवार, असार १०, २०८० १३:0६
विराटनगरले ३ अर्ब २८ करोड ५० लाख बजेट ल्यायो
  • विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षमा 
  • २०८०-८१ का लागि ३ अर्ब २८ करोड ५० लाख रुपैयाँको बजेट ल्यायो 
  • वित्तीय व्यवस्थापनतर्फ ५ करोड रुपैयाँ विनियोजन

विराटनगर।।

विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०-८१ का लागि ३ अर्ब २८ करोड ५० लाख रुपैयाँको बजेट ल्याएको छ।

शनिबार नगरसभाको बाह्रौं अधिवेशनमा उपप्रमुख शिल्पा निरला कार्कीले ३ अर्ब २८ करोड ५० लाख रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन्। बजेट वक्तव्यमा चालूतर्फ १ अर्ब ५१ करोड ८३ लाख २५ हजार रुपैयाँ र पूँजीगततर्फ १ अर्ब ७१ करोड ६६ लाख ७५ हजार रुपैयाँ विनियोजन गरिएको छ। महानगरपालिकाले वित्तीय व्यवस्थापनतर्फ ५ करोड रुपैयाँ विनियोजन गरेको छ।

महानगरपालिकाले चालू आर्थिक वर्षका लागि ४ अर्ब १७ करोड ९ लाख ९८ हजार रुपैयाँको बजेट ल्याएको थियो। महानगरले आगामी आर्थिक वर्षका लागि प्रशासनिक खर्च मात्रै ६८ करोड रुपैयाँ विनियोजन गरेको छ।

महानगरले १९ वटा वडाका वडास्तरीय आयोजनाका लागि ३८ करोड रुपैयाँ विनियोजन गरेको छ। नगरस्तरिय आयोजनाका लागि २० करोड, बहुवर्षीय, गौरवका आयोजना र क्रमागत भुक्तानीका लागि ६५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

आम्दानीतर्फ संघीय सरकारबाट वित्तीय हस्तान्तरणबाट १ अर्ब १९ करोड २४ लाख, प्रदेश सरकारतर्फ ४ करोड ६३ लाख, राजस्व बाँडफाँडबाट ८० करोड २४ लाख आम्दानी हुने अनुमान गरेको महानगरले ९९ करोड ५० लाख आन्तरिक आम्दानी हुने अनुमान गरेको छ।

  • साझा परिवेश
  • आइतवार, असार १०, २०८० १३:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।