sweet bonanza
March 2, 2026 | सोमवार, फाल्गुन १९, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

७७ वटै जिल्लामा संगठन विस्तार गर्दै सीके राउत

  • साझा परिवेश
  • मङ्लबार, असार १२, २०८० १३:४७
७७ वटै जिल्लामा संगठन विस्तार गर्दै सीके राउत
  • डा. सीके राउत नेतृत्वको सबै क्षेत्रमा संगठन विस्तारमा तिब्रता
  • ७७ वटै जिल्लामा संगठन विस्तारका लागि सार्वजनिक रुपमै आह्वान

काठमाडौं ।।

डा. सीके राउत नेतृत्वको जनमत पार्टीले पहाड र हिमाली क्षेत्रमा पनि संगठन विस्तारलाई तिब्रता दिएको छ ।

२०७९ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट तराई मधेशमा राम्रो जनमत हासिल गरेको उक्त पार्टीले देशका ७७ वटै जिल्लामा संगठन विस्तारका लागि सार्वजनिक रुपमै आह्वान गरेको छ । तराई मधेशका २३ वटा जिल्लामा संगठन विस्तार गरिसकेको जनमत पार्टीले बाँकी ५४ वटा जिल्लामा नेतृत्वको खोजी गरिरहेको छ ।

पार्टीमा आवद्ध भएर काम गर्न चाहनेहरुका लागि अनलाइनमार्फत खुल्ला आह्वान गरेको जनमत पार्टीका नेता बीपी साहले जानकारी दिएका छन् । उनका अनुसार जनमत पार्टीले आगामी निर्वाचनमा देशभरका सबै निर्वाचन क्षेत्रमा एकल उम्मेदवारी दिने योजना बनाएकाले अहिले संगठन विस्तार सुरु गरिएको हो ।

‘हामी पहिलो निर्वाचनबाटै राष्ट्रिय पार्टीको रुपमा उदायौं, अब पार्टीको सांगठानिक संरचना पनि राष्ट्रव्यापी बनाउन लागेका छौं’, नेता साहले भने, ‘हिमाल पहाडका जनताले पनि डा. सीके राउतको नेतृत्वलाई स्वीकार गर्दै हुनुहुन्छ । हामी हिमाली र पहाडी भेगका जनतालाई पनि समेटेर पार्टी विस्तार गर्दैछौं ।’

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफ्नो फेसबुक पेजमार्फत सूचना जारी गर्दै जनमत पार्टीको वेबसाइटबाट फारम भर्न वा पार्टीमा सम्पर्क गर्न आग्रह गरेका छन् ।

हाल प्रतिनिधिसभामा ६ सिट रहेको जनमत पार्टी मधेश प्रदेश र लुम्बिनी प्रदेश सरकारमा सहभागी रहेको छ ।

 

  • साझा परिवेश
  • मङ्लबार, असार १२, २०८० १३:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid