sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

जन्मेदेखि पाँच वर्ष नपुगुञ्जेल मासिक पाँच सय भत्ता पाउने

  • साझा परिवेश
  • बुधबार, असार १३, २०८० ११:४९
जन्मेदेखि पाँच वर्ष नपुगुञ्जेल मासिक पाँच सय भत्ता पाउने
  • पाँच वर्षभित्रका शिशुलाई मासिक भत्ता दिने
  • मासिक पाँच सयका दरले भत्ता दिने घोषणा
  • ‘नवजात शिशु भविष्य सुरक्षा कार्यक्रम’
  • बैकिङ प्रणाली मार्फत भत्ता दिइने
  • मासिक रुपमा भत्ता दिने पौवादुङमा पहिलो गाउँपालिका बन्यो 

काठमाडौं ।।

भोजपुरको पौवादुङमा गाउँपालिकाले पाँच वर्षभित्रका शिशुलाई मासिक भत्ता दिने भएको छ । आगामी आर्थिक नीति तथा कार्यक्रममार्फत गाउँपालिकाले जन्मेदेखि पाँच वर्ष नपुग्दासम्म शिशुलाई मासिक पाँच सयका दरले भत्ता दिने घोषणा गरेको हो ।

गाउँपालिकाले उक्त कार्यक्रमलाई ‘नवजात शिशु भविष्य सुरक्षा कार्यक्रम’ नाम दिएको छ । उक्त कार्यक्रम अन्तर्गत गाउँपालिकाभित्र जन्मिएका वा रेफर भएका शिशुको भविष्य सुरक्षाका लागि भत्ता वितरण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन भट्टराईले बताएका छन् ।

‘नवजात शिशुको भविष्य सुरक्षाका लागि यो कार्यक्रम ल्याइएको हो ।’, उनले भने, ‘पाँच वर्षसम्म बैकिङ प्रणाली मार्फत भत्ता दिन्छौँ । नवजात शिशु विद्यालय जाने उमेरसम्म खातामा जम्मा भएको रकमले पठनपाठनसँगै भविष्य सुरक्षामा टेवा पुग्छ भन्ने हाम्रो उद्देश्य हो ।’

बालबालिकाको स्वास्थ्यसँगै उनीहरूको भविष्यको लागि लगानी गर्न सके त्यसबाट स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्न सकिने गाउँपालिका अध्यक्ष किरण राईको भनाई छ । नवजात शिशुलाई मासिक रुपमा भत्ता दिने पौवादुङमा गाउँपालिका पहिलो गाउँपालिका हो ।

‘आर्थिक अभावका कारण बालबालिका स्वास्थ्य र शिक्षाबाट बञ्चित नहुन् भन्ने हाम्रो लक्ष्य हो ।’, अध्यक्ष राईले भने, ‘पाँच वर्षसम्म जम्मा भएको रकमलाई मुद्दती खातामा राखेर उनीहरूको उज्वल भविष्य निर्माणमा लगानी हुनेछ ।’ ​

  • साझा परिवेश
  • बुधबार, असार १३, २०८० ११:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid