sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अचम्मको उड्ने र गुड्ने कार

  • साझा परिवेश
  • बुधबार, असार २०, २०८० १३:११
अचम्मको उड्ने र गुड्ने कार
  • उड्ने र गुड्न पनि सक्ने कारलाई परीक्षणका लागि अनुमति दिएको छ ।
  • पूर्णरूपमा विद्युतीय ऊर्जाबाट चल्ने यस कारले हाललाई दुई यात्रु बोक्न सक्छ ।
  • १६० किलोमिटर उडान भर्न सक्ने र ३२१ किलोमिटर गुड्न सक्ने बताइएको छ ।

काठमाडौं ।।

अमेरिकाको संघीय उड्डयन प्रशासन (एफएए) ले पहिलोपटक उड्ने र गुड्न पनि सक्ने कारलाई परीक्षणका लागि अनुमति दिएको छ । क्यालिफोर्निया आधारित स्टार्टअप अलेफ एयरोनटिक्सले बनाएको यो कारलाई ’मोडल ए’ नाम दिएको छ । यो फ्लाइङ कार सडकमा गुड्न सक्छ भने अरू सामान्य कारझैँ पार्क पनि गर्न सकिन्छ । पूर्णरूपमा विद्युतीय ऊर्जाबाट चल्ने यस कारले हाललाई दुई यात्रु बोक्न सक्छ ।

एकपटक फुल चार्ज गर्दा यो कार १६० किलोमिटर उडान भर्न सक्ने र ३२१ किलोमिटर गुड्न सक्ने बताइएको छ । तीन लाख अमेरिकी डलर (करिब ३९ करोड नेपाली रुपैयाँ) मूल्य पर्ने अनुमान गरिएको यो कार सन् २०२५ को अन्त्यदेखि बिक्री थाल्ने कम्पनीको भनाइ छ ।

फ्लाइङ कारको प्रदर्शनी, अनुसन्धान र विकासका लागि कम्पनीलाई विशेष वायुयोग्यता प्रमाणपत्र दिएको एफएएले पुष्टि गरेको छ । धेरै कम्पनीले विद्युतीय भर्टिकल टेक अफ एन्ड ल्यान्डिङ (भीटीओएलएस) सवारीको विकास गरिरहेका छन् । एफएएले यस किसिमको प्रमाणपत्र प्राप्त गर्ने अलेफ एयरोनटिक्स मात्रै पहिलो कम्पनी नभएको जनाएको छ ।

तर, अलेफ भने आफ्नो कार सामान्य कारजस्तै देखिने, सडकमा गुडाउन सकिने, पार्क गर्न सकिने र उड्न पनि सक्ने क्षमताका कारण फरक रहेको जनाएको छ । यो स्टार्टअपलाई अर्बपति उद्यमी एलन मस्कको अन्तरिक्ष अन्वेषण कम्पनी स्पेसएक्सले पनि समर्थन गरेको बताइएको छ ।

  • साझा परिवेश
  • बुधबार, असार २०, २०८० १३:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid