sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नबोलेको कुरा बेलुन जसरी फुलाएर हुनेवाला केही छैन : प्रधानमन्त्री

  • साझा परिवेश
  • बुधबार, असार २०, २०८० १५:५३
नबोलेको कुरा बेलुन जसरी फुलाएर हुनेवाला केही छैन : प्रधानमन्त्री
  • नबोलेको कुरालाई उचालेर बबण्डर गर्न खोजिएको छ।
  • मैले त्यो अभिव्यक्ति दिएकै छैन : प्रधानमन्त्री 

काठमाडौं।।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा आफूले बोल्दै नबोलेको कुरालाई उचालेर बबण्डर गर्न खोजिएको जिकीर गरेका छन् । यसबाट विपक्षीहरुमा कति पूर्वाग्रह छ भन्ने देखिने बताउँदै उनले त्यसबाट केही नहुने बताए ।

असार १८ गतेको कार्यक्रममा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक-पटक दिल्ली गएको बताएका थिए । उनको अभिव्यक्तिको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायतले विरोध गर्दै आएका छन् । आफ्नो आलोचना भइरहेको बेला आज काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रष्टीकरणको शैलीमा प्रचण्डले आफूले त्यो कुरा नबोलेको जिकीर गरे ।

उनले भने, ‘आज म सुन्दैछु एउटा किताब विमोचन गर्दै गर्दा मैले बोलेको । उनले बोलेको कुरा मैले बोलेको । मेरो कुरा होइन । उनले बोलेको मैले भने उहाँ सेवा र यातायातको क्षेत्रमा मात्रै होइन । राजनीतिमा पनि उहाँले चासो राख्नुहुन्छ । उहाँले मलाई प्रधानमन्त्री बनाउन कहिले कहाँ पुग्नुहुन्छ, कहिले कहाँ ? कहिले दिल्ली, कहिले नेपालको पार्टीहरुसँग छलफलमा लाग्नुहुन्थ्यो ।’

उक्त अभिव्यक्तिलाई उचालेर बबण्डर गर्न खोजिएको भन्दै प्रधानमन्त्री प्रचण्डले यसबाट प्रतिपक्षी कति विक्षिप्त छ भन्ने देखिएको टिप्पणी गरे । ‘उहाँको (प्रितम सिंहको) बारेमा भनेको कुरालाई उचालेर अहिले बबण्डर गर्न खोजिएको छ । त्यो बेलुन पनि छिट्टै फुट्नेवाला छ । त्यसले केही हुनेवाला छैन,’ प्रधानमन्त्री प्रचण्डले भने ।

उनले थपे, ‘त्यसले के देखिन्छ भने हाम्रा विपक्षीहरुमा कति धेरै पूर्वाग्रह र विक्षिप्त छ भन्ने कुरा देखिन्छ । तर, हामी दृढताका साथ आफ्नो मिसनमा अगाडि बढेका छौं ।’

 

  • साझा परिवेश
  • बुधबार, असार २०, २०८० १५:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid