May 22, 2024 | बुधबार, जेष्ठ ९, २०८१
सुचनाहरु
कान्तिपुर मिडियाका अध्यक्ष सिरोहिया कार्यलयबाटै पक्राउ श्रममन्त्री अर्यालको सम्पत्ति : सुन १५० तोला, बैंकमा सवा २ करोड (विवरणसहित) गृहमन्त्री रवि लामिछानेको सम्पत्ति कति छ ? प्रधानमन्त्रीको सम्पति कति छ, हेर्नुहोस् ! कैलाश सिरोहिया भेट्न कांग्रेस नेताहरू काे-काे पुगे कान्तिपुर कम्प्लेक्स ? ‘पूजार सार्की’ मा पलको नयाँ लुक्स सार्बजनिक आफ्नो फाइल खोल्न सरकारलाई आरजुको चेतावनी कान्तिपुरका अध्यक्ष सिरोहियाविरूद्ध धनुषामा पक्राउ पूर्जी सुनचाँदीको मूल्य घट्यो उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगाना र मुसलमानको इजलासमा सहकारी ठगीसम्बन्धी संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी कस्तो रहला आजको मौसम ? पशुपतिको भेटी चोर्ने ८ जना पक्राउ सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने

विदेशमन्त्रीसंग वार्ता गर्न एनपी साउद बैंकक जाँदै

  • साझा परिवेश
  • आइतवार, असार ३१, २०८० १0:१८
विदेशमन्त्रीसंग वार्ता गर्न एनपी साउद बैंकक जाँदै
  • एनपी साउद आज थाइल्याण्डको बैंकक जाँदै
  • परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री बीच साइडलाइन वार्ता हुने

काठमाडौं ।।

विमस्टेक राष्ट्रका परराष्ट्रमन्त्रीस्तरीय ‘रिट्रिट’मा सहभागी हुन परराष्ट्र मन्त्री एनपी साउद आज थाइल्याण्डको बैंकक जाँदैछन् । उनी दिउँसो एक बजे थाई स्माइल एयरवेजको जहाजबाट त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । परराष्ट्रमन्त्रीस्तरीय ‘रिट्रिट’ सोमबार छ । सोही दिन सवा १० बजे उनी नेपालतर्फ प्रस्थान गर्नेछन् ।

बैंककमा हुने बिमस्टेक विदेशमन्त्री स्तरीय बैठकको क्रममा परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री बीच साइडलाइन वार्ता हुने छ । परराष्ट्र मन्त्री बनेपछि साउद र एस. जयशंकरबीच दोस्रोपटक साइडलाइन वार्ता हुन लागेको हो।

योभन्दा पहिले बंगलादेशमा इन्डिया फाउन्डेशनको कार्यक्रममा सहभागी भएको बेला उनीहरूबीच पहिलो अनौपचारिक भेट भएको थियो।मन्त्री साउद साउन २ गते मंगलबार थाइ स्माइल एयरवेजकै जहाजबाट स्वदेश फर्किने कार्यक्रम छ । बिमस्टेकमा नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्याण्ड र म्यानमार सदस्य छन् ।

 

 

  • साझा परिवेश
  • आइतवार, असार ३१, २०८० १0:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्