sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सीटीईभीटीले ह्वात्तै शैक्षिक शुल्क बढाएपछी…….

  • साझा परिवेश
  • मङ्लबार, साउन २, २०८० ११:२२
सीटीईभीटीले ह्वात्तै शैक्षिक शुल्क बढाएपछी…….
  • तीनवटा विषयको शैक्षिक शुल्क वृद्धि
  • आगामी शैक्षिक सत्र २०८०-८१ देखि लागु हुने

काठमाडौं ।।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतको तीनवटा विषयको शैक्षिक शुल्क वृद्धिको निर्णय पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलकै पालामा भएको पाइएको छ । मन्त्री पौडेलले आफ्नो कार्यकाल सकिन पाँच दिन अगाडि मात्रै शुल्क बढाउने निर्णय गरेको भेटिएको हो ।

सीटीईभीटीका अधिकारी र शुल्क समायोजन कार्यटोलीको लामो समयदेखिको लबिइङका आधारमा मन्त्रीले जाँदाजाँदै शुल्क वृद्धिको निर्णय गरेको पौडेल निकट स्रोतले बतायो ।

सीटीईभीटीले भने मन्त्रीस्तरीय निर्णय र शुल्क समायोजनसम्बन्धी कार्यटोलीको सुझावका आधारमा निर्णय गरिएको जनाएको छ । जसमा २०७१-०७२ सालदेखि तोकिएको शुल्क हालसम्म कायम रहेकाले बढाइएको सीटीईभीटीको दाबी छ । तर, कति वर्षमा कति प्रतिशतका दरले शुल्क बढाउने भन्नेबारे कुनै वैधानिक आधार नभएको सीटीईभीटीका उच्च अधिकारीहरू बताउँछन् ।

“शुल्क समायोजन कार्यटोलीको सिफारिसका आधारमा समयसापेक्ष शुल्क समायोजन गर्ने हो । त्यसमा ठ्याक्कै यो नियम भन्ने छैन । हामीले पनि सूचना निस्किएपछि मात्रै थाहा पायौँ,” सीटीईभीटीका एक अधिकारीले भने ।

स्नातक र सोभन्दा माथिका शैक्षिक कार्यक्रमबारे मात्रै चिकित्सा शिक्षा आयोगले हेर्ने भएकाले प्रमाणपत्र तहका कार्यक्रमको शुल्कबारे सीटीईभीटीले आफ्नै हिसाबले निर्णय गर्दै आएको आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरी बताउँछन् ।

आयोगले पछिल्लोपटक एमबीबीएस र बीडीएस कार्यक्रममा ३.३ प्रतिशतका दरले शुल्क वृद्धि गरेको थियो । तर, सीटीईभीटीमा भने हचुवाकै भरमा शुल्कसम्बन्धी विवादास्पद निर्णयहरू हुँदै आएका छन् ।

कुन विषयमा कति बढाइयो शुल्क ?

सीटीईभीटीले आगामी शैक्षिक सत्रमा निजी शैक्षिक संस्थाहरूका लागि तीनवटा विषयको शैक्षिक शुल्क वृद्धि गरेको छ । परिषद्ले चिकित्सा शिक्षा अन्तर्गतका प्रमाणपत्र तह नर्सिङ (पीसीएल नर्सिङ), प्रमाणपत्र तह सामान्य चिकित्सा (हेल्थ असिस्टेन्ट) र डिप्लोमा इन फार्मेसी (असिस्टेन्ट फार्मासिस्ट) को शैक्षिक शुल्क बढाएको हो ।

तीन वर्षे कार्यक्रमका लागि निर्धारित नयाँ शुल्क अनुसार आगामी शैक्षिक सत्र २०८०-८१ देखि लागु हुने सीटीईभीटीले जनाएको छ ।

पीसीएल नर्सिङतर्फ एक लाख ४९ हजार २३०, एचएतर्फ एक लाख १९ हजार र फार्मेसी तर्फ ८६ हजार ६६० रुपैयाँ शुल्क बढाइएको हो । पीसीएल नर्सिङको यसअघिको शुल्क चार लाख ७५ हजार रहेकोमा अब ६ लाख २४ हजार २३० रुपैयाँ भएको छ ।

त्यस्तै, एचएतर्फ यसअघिको शुल्क चार लाख चारहजार रुपैयाँ रहेकोमा अब पाँच लाख २३ हजार ८ सय २० रुपैयाँ भएको छ । फार्मेसी असिस्टेन्टतर्फ यसअघि तीन लाख ३७ हजार रहेकोमा अब चार लाख २३ हजार ६६० भएको छ ।

तोकिएको शुल्क वर्षैपिच्छे तिर्न पाउने सीटीईभीटीको व्यवस्था छ । जसअनुसार पहिलो वर्षमा ५० प्रतिशत तथा दोस्रो र तेस्रो वर्षमा २५÷२५ प्रतिशतका दरले शुल्क भुक्तानी गर्नुपर्छ । नयाँ शुल्क अनुसार पीसीएल नर्सिङका विद्यार्थीले पहिलो वर्षमा दुई लाख ४९ हजार ६९०, दोस्रो वर्ष एक लाख ८७ हजार २७० र तेस्रो वर्षमा पनि एक लाख ८७ हजार २७० रुपौयाँ तिुर्नपर्ने हुन्छ ।

एचएका विद्यार्थीले पहिलो वर्ष दुई लाख ९ हजार ५३०, दोस्रो वर्ष एक लाख ५७ हजार १४५ र तेस्रो वर्ष एक लाख ५७ हजार १४५ रुपैयाँ तिर्नुपर्ने छ । त्यस्तै, फार्मेसी सहायकका विद्यार्थीले पहिलो वर्ष एक लाख ६९ हजार ४६४, दोस्रोमा एक लाख २७ हजार ९८ र तेस्रो वर्षमा पनि लाख २७ हजार ९८ रुपैयाँ नै तिर्नुपर्ने छ ।

  • साझा परिवेश
  • मङ्लबार, साउन २, २०८० ११:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid