May 20, 2024 | सोमवार, जेष्ठ ७, २०८१
सुचनाहरु
प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली

सीताले बाँचुन्जेल कसैलाई पीडा दिइनन् छिट्टै मृत्यु रोजिन् : प्रचण्ड

  • साझा परिवेश
  • मङ्लबार, साउन २, २०८० १२:३७
सीताले बाँचुन्जेल कसैलाई पीडा दिइनन् छिट्टै मृत्यु रोजिन् : प्रचण्ड
  • प्रचण्ड’ले आफ्नी धर्मपत्नी सीता दाहालको निधनमा समवेदना प्रकट गर्ने सबैलाई धन्यवाद दिए
  • शोकको घडीमा पाएको साथले पीडाबाट निस्कन राहत मिल्यो 
  • बाँच्दासम्म अरूलाई पीडा दिन नजानेकी सीताले मृत्यु पनि निकै शान्त रोजिन्

काठमाडौं ।।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकलमल दाहाल ‘प्रचण्ड’ले आफ्नी धर्मपत्नी सीता दाहालको निधनमा समवेदना प्रकट गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

मंगलबार बालुवाटारमा आयोजित श्रद्धाञ्जली सभामा उनले शोकको घडीमा पाएको साथले पीडाबाट निस्कन मद्दत गरेको बताए । उनले देश र समाजप्रति जिम्मेवार हुन प्रेरित महसुस गरिरहेको पनि बताए ।

उनले छोरी ज्ञानु र छोरा प्रकाश गुमाउँदा शरीरले साथ दिँदासम्म सीताले त्यसको पीडा सामना गरेको बताए । “पछिल्ला वर्षमा हामीले एक छोरी र छोरा दुई सन्तानको असामयिक र अकल्पनीय मृत्यु  व्यहोरयौँ  ,”  प्रचण्डले भने, “शरीरले साथ दिँदासम्म यो पीडामा उनी पनि दृढताका साथ उभिएर नै  रहिन् । र, त्यो पीडाको सामना गरिरहिन् ।”

सीता बिरामी हुँदा राज्यकोषबाट कुनै सुविधा नलिएको र हुन सक्ने उपचार पद्धति अपनाइएको उनले जानकारी गराए । “उनी बिरामी भएपछि राज्यबाट कुनै सुविधा नलिकैन हामीले उपलब्ध र लाभदायी हुन सक्ने सबै खालको पद्धतिबाट उपचारको प्रयास पनि गरिरह्यौँ,” उनले भने ।

सीता थला परेपछि अन्तिम अवस्था दुःखदायी हुन्छ कि भन्ने लागेको भन्दै उनले मृत्यु शान्त रोजेको बताए । “उनी थला नै परेपछि उनको अन्तिम अवस्था दुःखदायी र कष्टप्रद हुन्छ कि भन्ने हामीलाई चिन्ता थियो । अन्तिम अवस्थामा अस्पतालकाले आईसीयू वा भेन्टिलेटरमा पीडादायी मृत्युवरण देख्नुपर्छ कि भन्ने हामीलाई चिन्ता थियो,”

प्रचण्डले भक्कानिँदै भने, “तर, बाँच्दासम्म अरूलाई पीडा दिन नजानेकी सीताले मृत्यु पनि निकै शान्त रोजिन् । साढे ७ बजे हामीले हस्पिटल लगेको झन्डै ८ः३० बजे हामी सबैबाट बिदा भइन् ।” सीता दाहालको गएको असार २७ गते उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको थियो ।

 

  • साझा परिवेश
  • मङ्लबार, साउन २, २०८० १२:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।