sweet bonanza
February 28, 2026 | शनिबार, फाल्गुन १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अप्पर लोहोरे हाइड्रोपावरको १८ साउनदेखि आईपीओ खुल्ने

  • साझा परिवेश
  • बिहिबार, साउन ११, २०८० १४:५१
अप्पर लोहोरे हाइड्रोपावरको १८ साउनदेखि आईपीओ खुल्ने
  • १८ साउनदेखि प्राथमिक सेयर (आईपीओ) मा आवेदन खुला गर्ने
  • सर्वसाधारणका लागि सेयरमा आवेदन खुला गर्ने
  • दैलेखमा ४ मेगावाटको माथिल्लो लोहोरे साना जलविद्युत आयोजना निमार्ण हुँदै 

 काठमाडौं ।।

अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडले १८ साउनदेखि प्राथमिक सेयर (आईपीओ) मा आवेदन खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रथमिक सेयर निष्कासन गरी बाँडफाँट गरेसँगै सर्वसाधारणका लागि सेयरमा आवेदन खुला गर्ने भएको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ४९ प्रतिशतले हुने २४ करोड ९८ लाख ४ हजार रुपैयाँ बराबरको २४ लाख ९८ हजार ४० किन्न साधारण सेयर निष्कासन गर्ने स्वीकृति पाएको थियो ।

जसमध्ये जारी पूँजीको १० प्रतिशतले हुने ५ करोड ९ लाख ८० हजार ४०० रुपैयाँ बराबरको ५ लाख ९ हजार ८४० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई छुट्याएको थियो । तर, आयोजना प्रभावितलाई छुट्याइएको मध्ये ३ लाख ३ हजार ४४ कित्ता सेयर बिक्री भएन ।

यस्तै सर्वासाधारणका लागि जारी पूँजीको ३९ प्रतिशतले हुने १९ लाख ९८ हजार ८२४ कित्ता सेयर निष्कासन गर्ने स्वीकृति पाएको हो । सर्वसाधारणलाई निष्कासन गर्न स्वीकृति पाएकोमध्ये १० प्रतिशतले हुने १ लाख ९८ हजार ८२४ कित्ता सेयर कम्पनीले नेपाल सरकारको

सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ । यस्तै ३९ हजार ७६५ कित्ता सेयर कर्मचारीहरुका लागि र ९९ हजार ४१२ कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ।

यसरी छुट्याएर बाँकी १६ लाख ५० हजार २३५ कित्तामा आयोजना प्रभवित स्थानीयले आवेदन दिएकोसहित थप गरेर कुल १९ लाख ५३ हजार २७९ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो । उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २५ हजार कित्ता सेयरका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीको आईपीओमा छिटोमा २२ साउन र उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा आवेदन दिने म्याद ३२ साउनसम्म थप हुनेछ ।

कम्पनीले आईपीओ निष्कासनका लागि सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र सीडीएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन् ।

कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रटिङ नेपालले ‘केयर एनपी डबल बी’ इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ ।

कम्पनीले दैलेखको नौमुलेमा ४ मेगावाटको माथिल्लो लोहोरे साना जलविद्युत आयोजना निमार्ण गरिरहेको छ । आयोजनाको कुल अनुमानित लागत ९४ करोड ७२ लाख १७ हजार रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २३ करोड ६८ लाख ४ हजार २५० रुपैयाँ छ।

 

  • साझा परिवेश
  • बिहिबार, साउन ११, २०८० १४:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid