May 19, 2024 | आइतवार, जेष्ठ ६, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

सुन ल्याएर नेपालमा राख्ने गाल्ने फ्याक्ट्री नै पत्ता लाग्यो

  • साझा परिवेश
  • आइतवार, साउन १४, २०८० १२:0६
सुन ल्याएर नेपालमा राख्ने गाल्ने फ्याक्ट्री नै पत्ता लाग्यो
  • एक क्वीन्टल सुन तस्करी प्रकरणको अनुसन्धान
  • सुन पकड्ने र राख्ने ह्याण्डलहरु लगायत बरामद
  • ‘ब्रेक शु’भित्र आउने सुन रिफ्रेमगरी भारत लैजाने धन्दा

काठमाडौं ।।

एक क्वीन्टल सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको राजश्व अनुसन्धान विभागको टोलीले शनिबार राति टोखास्थित एक फ्याक्ट्रीमा छापा मारेको छ । विभागका एक उच्च अधिकारीका अनुसार, प्रि-फ्याबको घरभित्र सुन गाल्ने र रि-फ्रेम गरेर अर्कै स्वरुपमा परिणत गर्ने फ्याक्ट्री भेटिएपछि छापा मारेर सिल गरिएको छ ।

त्यहाँबाट विभागको टोलीले आगो बाल्नका लागि राखिएका काठका धुलोका बोराहरु, सुन गाल्न प्रयोग हुने मेसिन, एसिडका बट्टाहरु, गालेको सुन पकड्ने र राख्ने ह्याण्डलहरु लगायत बरामद गरेको छ ।

‘यो सुन तस्करको समूह सोचेभन्दा निकै ठूलो देखियो, राजधानीमा अर्कै फ्याक्ट्री खोलेर सुनलाई अर्कै स्वरुपमा परिणत गराउने गरेको देखिएको छ’, अपरेशनमा खटिएका एक अधिकारीले भने, ‘रातभर छापा हानेर घरमा सिल गरेका छौं ।’

यद्यपि, कस्तो स्वरुपमा सुन परिणत गरिन्थ्यो भन्ने खुलिसकेको छैन । स्रोतका अनुसार, हङकङबाट ब्रेक शुभित्र लुकाएर सुन नेपालसम्म ल्याइएपनि भारतमा त्यहीँ स्वरुपमा लैजाँदा जोखिम हुने भएकाले नेपालमा फेरि रिफ्रेम हुने गरेको आशंका गरिएको छ ।

‘भारतमै ब्रेक शु उत्पादन हुन्छ, नेपालबाट ब्रेक शु गएको कुरा खुल्दा शंका पनि हुने भयो, त्यसैले अरु कुनै स्वरुपमा भारतसम्म सुन लगिएको हुनसक्ने देखिएको छ’, ती अधिकारीले भने, ‘यसमा संलग्न नेपालहरुबारे अनुसन्धान गरिरहेका छौं ।’

अपरेशनमा खटिएका अधिकारीहरुका अनुसार, टोखाको फ्याक्ट्री र त्यहाँबाट बरामद सामानहरु हेर्दा यो गिरोहले ठूलो परिणामको सुन गालेर लगेको हुनसक्ने देखिएको छ ।

राजश्व अनुसन्धान विभागको टोलीले २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर बाहिरिएको एक क्वीन्टल सुन सिनामंगलबाट बरामद गरेको थियो । त्यसबेला विभागको टोलीले ट्याक्सी चालक अशोक लामालाई नियन्त्रणमा लिएको थियो ।

त्यसता हालसम्म यो प्रकरणमा विभागले १८ जनालाई नियन्त्रणमा लिएको छ । आइतबार मात्रै विभागको टोलीले ठमेलस्थित होटल भियनामा छापा मारेर एक जना नेपाली मुलका बेल्जियमका नागरिकलाई पक्राउ गरेको छ ।

हालसम्म पक्राउ परेकामध्ये एक आरोपीको बयानका आधारमा विभागको टोलीले यो फ्याक्ट्रीसम्म पुगेको हो । ४ साउनमा यो प्रकरणमा विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ नागरिक ज्यास्याङ लिनलाई पक्राउ गरेको थियो ।

हालसम्मको अनुसन्धानले सुन प्रकरणमा पक्राउ परेका १८ जनामध्ये सबैभन्दा उच्च तहका उनी नै भएको देखिएको अनुसन्धान अधिकृतहरु बताउँछन् । यद्यपि, उनी नेपालमा सुनको व्यवस्थापनमा मात्र खटिएका व्यक्ति भएको अधिकृतहरुको भनाइ छ ।

स्रोतका अनुसार, नेपालमा बसेर सुनको व्यवस्थापनमा उनीसहित थप चिनियाँ नागरिकको संलग्नता समेत हुनसक्ने देखिएको छ । त्यसको आधारमा विभागको टोलीले केही स्थानमा छापा मारेपनि कसैलाई नियन्त्रणमा लिएको छैन ।

हाल हिरासतमा रहेका चिनियाँ नागरिक लिनको बयानका लागि विभागले एक जना अनुवादकलाई बोलाएको छ । तर, उनले सुनबारे केही बताएका छैनन् ।

एक अनुसन्धान अधिकृत भन्छन्, ‘चिनियाँ नागरिकहरु हरेक पटक पक्राउ पर्दा यही समस्या हुन्छ, अंग्रेजी आएपनि बोल्दैनन् । अनुवादक ल्याउँदा पनि समन्वय गर्दैनन् ।’ यद्यपि, विभागले कल डिटेल रेकर्ड (सीडीआर), क्लोज सर्किट क्यामराका फुटेज लगायतका आधारमा उनको नेक्सस केलाउने प्रयास गरिरहेको छ ।

  • साझा परिवेश
  • आइतवार, साउन १४, २०८० १२:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।