sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

भारतले मुल्य कम गर्ने बहानामा चामल निर्यातमा प्रतिबन्ध लगायो

  • साझा परिवेश
  • बुधबार, साउन १७, २०८० १0:५१
भारतले मुल्य कम गर्ने बहानामा चामल निर्यातमा प्रतिबन्ध लगायो
  • मुल्य कम गर्ने भन्दै चामल निर्यातमा प्रतिबन्ध
  • मुल्य वृद्धि ३० प्रतिशत बन्दा बढी भयो

काठमाडौं ।।

जुलाइ २० मा भारतले घरेलु बजारमा चामलको मुल्य कम गर्ने भन्दै चामल निर्यातमा प्रतिबन्ध लगायो । यो निर्णयसँगै विकसित मुलुकका सुपरमार्केटहरूमा चामल किन्नेहरुको घुइँचो लागेका दृश्य सार्वजनिक भएका थिए ।

भारतमा हजारौं जातका धान उत्पादन गरिन्छन् । तर चार प्रकारका चामलमात्रै विश्वभर निर्यात हुने गरेका छन् । इन्डिका जातको लामो चामल विश्वमा धेरै निर्यात हुने गरेको छ । यस्तै ज्यापोनिका जातको बासमती चामल सुसी, रिजोटो र मिठाइ बनाउनका लागि प्रयोग गर्न निर्यात हुन्छ ।

चामलको विश्वबजारमा भारतले ४० प्रतिशत हिस्सा ओगटेको छ । चामल निर्यात गर्ने प्रमुख राष्ट्रको सूचीमा भारत पनि पर्छ । त्यस सूचीमा थाइल्याण्ड, भियतनाम, पाकिस्तान र अमेरिका पनि समावेश छन् । चामलको मुख्य आयातकर्तामा चीन फिलिपिन्स र नाइजेरिया पर्छन् । यस्तै इन्डोनेसिया र बंगलादेशमा पनि चामलको अभाव हुँदा आयात हुनेगरेको छ । चामलको खपत अप्रिकामा अत्यधिक छ ।

क्युबा र पनामा जस्ता मुलुकमा मानवीय ऊर्जाको प्रमुख स्रोतनै चामल हो । गत वर्ष भारतले १४० राष्ट्रमा २ करोड २० लाख टन चामल निर्यात गरेको थियो । योमध्ये ६० लाख टन इण्डिका जातको थियो । भारतले निर्यात गर्ने मध्ये यो सबैभन्दा कम मूल्यको चामल हो । भारतीय चामल निर्यातको बजारमा इण्डिकाले ७० प्रतिशत हिस्सा ओगट्छ ।

भारतले चामल निर्यात बन्द गरेसँगै अब यसको मुल्य अत्यधिक हुने प्रक्षेपण गरिएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषका अर्थविद् पियर ओलिभर गोरिचसले यो वर्ष चामलको मुल्य १५ प्रतिशतले बढ्नसक्ने प्रक्षेपण गरेका छन् । चामल निर्यात गर्ने भारतको निर्णय अप्ठ्यारो समयमा आएको राष्ट्रसंघीय खाद्य तथा कृषि संस्थाका विश्लेषक सिर्ले मुस्ताफाको भनाइ छ ।

पहिलो कारण, सन् २०२२ देखिनै विश्वबजारमा चामलको मुल्य बढिरहेको थियो । भारतीय यो निर्णयले उपभोक्ता अझै महँगो मुल्य तिर्न बाध्य हुनेछन् भने नयाँ अन्न बजारमा आउनका लागि अझै तीन महिना समय लाग्नेहुनाले मुल्य झन् आकाशिने छ ।

जलवायु परिवर्तनका कारण निम्तिएको बाढी तथा खडेरी जस्ता प्रकोपले चामलको उत्पादन घटेको छ भने मल तथा खादका मुल्य बढ्दा धानको उत्पादन मुल्य बढेको छ । यता विनिमय दर कमजोर भएका मुलुकमा आपुर्ती रकम बढेको छ भने मुल्यवृद्धिका कारण व्यापारको मूल्य पनि बढेको छ । ‘हामी यस्तो अवस्थामा छौ‌ कि आयातकर्ताले सामना गर्ने चर्को मुल्यवृद्धि हेर्न सबै विवश हुनेछन्,’ मुस्ताफाले भनिन् ।

भारतसँग अहिले चार करोड १० लाख टन चामल मौज्जाद छ । गरिबहरुलाई सहुलियतमा खाद्य वितरणका लागि उसले यो परिमाणमा चामल राखेको हो । विगत वर्षमा हेर्ने हो भने भारतमा महँगी ह्वात्तै बढेको छ । मुल्य वृद्धि ३० प्रतिशत बन्दा बढीले बढेको छ । जसले गर्दा राजनीतिक नेतृत्वमाथि चुनौती थपिएको छ ।

आगामी वर्ष चुनावको सामना गर्न लागेको दललाइ महँगी नियन्त्रण गर्नु अत्यावश्य छ । ‘चुनावी कारणले पनि भारतले चामल निर्यात रोकेको हुनुपर्छ । तर यो क्षणिक मात्रै हुनसक्छ भन्ने हाम्रो अपेक्षा छ,’ अन्तर्राष्ट्रिय खाद्य नीतिका अनुसन्धानरक्ता जोसेप गलुबर बताउँछन् ।

भारतीय खाद्यविद् देवेन्द्र शर्माले सरकारले उत्पादनमा हुनसक्ने कमीलाइ मध्यजनर गर्दै यो निर्णय लिएको बताए । धान उत्पादन सबैभन्दा धेरै गर्ने दक्षिण भारतमा पनि मौसम प्रतिकुल भएकाले यस्तो निर्णय लिइएको उनको भनाइ छ । विश्वको खाद्य सुरक्षालाई असर गर्ने भएकाले भारतले यो निर्णय फिर्ता लिनुपर्ने धेरैको माग छ । ४२ वटा मुलुक चामलका लागि भारतसँगै निर्भर छन् ।

अधिकांश अफ्रिकन मुलुक चामलका लागि भारतसँग ८० प्रतिशत निर्भर छ । चामल धेरै खपत हुने एशियाली मुलुक बंगलादेश, भुटान, कम्बोडिया, इन्डोन्सिया, थाइल्याण्ड श्रीलंकामा मानिसहरुले क्यालोरीमा ४० देखि ६७ प्रतिशत चामलबाट लिने गरेका छन् ।

भारतको यो निर्णयले एशिया सहित अफ्रिकी मुलुकमा गम्भीर प्रभाव पर्ने मुस्ताफा बताउँछन् । उनी भन्छन्, ‘एकतार्फ मुल्यवृद्धि त हुनेछनै अर्को तर्फ मानिसअरुलाई पोषणको कमी समेत हुनसक्छ । आफ्नो कमाइको ठूलो हिस्सा खानपीन खरिदमै खर्चनेहरुका लागि भारतीय यो निर्णय निकै भारी पर्नेछ,’

खाद्य निर्यात प्रतिबन्ध कुनै नौलो होइन । रुस युक्रेन द्वन्द्व देखिनै यो कुरा बढ्दै आएको छ । खाद्य निर्यात प्रतिबन्ध गर्ने कुलुकको संख्या १६ पुगेको छ । यो सूचीमा भारत पनि थपिएपछि विश्वमा धेरैनै नकरात्मक असर पुग्ने विज्ञहरुले बताएका छन् । ‘करोडौं मानिसको मुख्य क्यालोरीमा ह्वात्तै मुल्यवृद्धि हुँदा यसले गम्भीर खाद्य संकटलाइ मद्दत गर्नेछ छ,’ असोक गुलातीले भने ।

यसलाई मध्येनजर गर्दै भारतले आफ्नो निर्णयमा पुर्नविचार गर्नुपर्ने उनको भनाइ छ । भारत जी ट्वान्टी मुलुकको नेता समेत भएकाले यस्ता विषयमा सही कदम चाल्नुपर्ने विज्ञहरुको सुझाव छ ।

  • साझा परिवेश
  • बुधबार, साउन १७, २०८० १0:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid