sweet bonanza
February 14, 2026 | शनिबार, फाल्गुन ३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

झाँकी प्रदर्शन गरेर विश्व आदिवासी दिवस मनाइँदै

  • साझा परिवेश
  • बुधबार, साउन २४, २०८० १५:0४
झाँकी प्रदर्शन गरेर विश्व आदिवासी दिवस मनाइँदै
  • आदिवासी,जनजाति संघ-संस्थाहरूद्वारा झाकी प्रदर्शन
  • आदिवासी जनजातिहरू आ-आफ्नो भेषभूषारपहिरन लगाएर सहभागी
  • आज देशभर विश्व आदिवासी दिवस विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं ।।

विश्व आदिवासी जनजाति दिवसको अवसरमा काठमाडौंमा विभिन्‍न आदिवासी,जनजाति संघ-संस्थाहरूले झाकी प्रदर्शन गरेका छन् ।काठमाडौंको शहीदगेटबाट सुरू भएको झाँकी र्‍याली सुन्धारा, न्‍यूरोड, वीर अस्पताल, रत्नपार्क, जमल, त्रिचन्द्र कलेज हुँदै नपाल प्रज्ञा प्रतिष्ठान कमलादी पुगेको छ ।

झाकी ‍र्‍यालीमा नेपालमा भएका विभिन्‍न आदिवासी जनजातिहरूले आ-आफ्नो भेषभूषारपहिरन लगाएर सहभागी भएका छन् । आदिवासी जनजाति महासङ्घले दिउँसो नेपाल प्रज्ञा-प्रतिष्ठानमा पनि आयोजना आयोजना गरेको छ ।

यस्तै आज देशभर विश्व आदिवासी दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । ‘इन्डिजिनियस युथ एज अगेन्सट् अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’ नाराका साथ यस वर्ष देशभरी विभिन्न जातीय संघसंस्थाहरूले जिल्लाहरूमा पनि कार्यक्रम गरी आदिवासी दिवस मनाइरहेका छन् ।

यस वर्ष विश्व आदिवासी दिवसको नाराको अर्थ आफूले निर्धारण गरेअनुरुपको परविर्तनको संवाहक आदिवासी युवाहरू भन्ने हुन्छ । आदिवासी युवाको सक्रियता र सशक्तीकरणमा यस वर्ष विशेष जोड दिइएको नेपाल आदिवासी जनजाति महासङ्घले जनाएको छ ।

सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसङ्घको साधारणसभाले अगस्त ९ तारिखलाई विश्व आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि बढाएको हो । संयुक्त राष्ट्रसङ्घले यसअघि नै सन् १९९४ देखि सन् २००४ सम्म आदिवासी दशकका रुपमा ‘कर्म र मर्यादाका लागि दशक’ नाराका साथ आह्वान गरेको थियो ।

उक्त दिवसका लागि संयुक्त राष्ट्रसङ्घको लोगोलाई बङ्गलादेशका कलाकार रिबन देवानले तयार पारेका हुन् । सो लोगोमा हरियो पातका दुई कानजस्तो आकृतिले पृथ्वीलाई दुईपट्टिबाट घेरेको देखिन्छ ।

 

  • साझा परिवेश
  • बुधबार, साउन २४, २०८० १५:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid