May 14, 2024 | मङ्लबार, जेष्ठ १, २०८१
सुचनाहरु
अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता शेखर कोइराला र गगन थापाबीच भेटघाट मधेश प्रदेश सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिने विश्वकपमा इतिहासकै कान्छा कप्तान, रोहितकुमार पौडेलले नयाँ कीर्तिमान थप्दै जसपा नेपालले आजै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने

‘अब त चाहियो काठमाडौंमा घर’ लोकप्रिय बन्दै

  • साझा परिवेश
  • सोमवार, भदौ २५, २०८० १३:१0
‘अब त चाहियो काठमाडौंमा घर’ लोकप्रिय बन्दै
  • यो वर्षको तीजलाई लक्षित गर्दै सांगीतिक बजारमा थुप्रै गीतहरु सार्वजनिक भए
  • पर्वलाई केन्द्रित गरेर तीज गीत ‘अब त चाहियो काठमाडौंमा घर’ बजारमा

काठमाडौं ।।

यो वर्षको तीजलाई लक्षित गर्दै सांगीतिक बजारमा थुप्रै गीतहरु सार्वजनिक भएका छन । तीज गीत भन्ने बितीकै छोरी चेलीले आफ्ना, समाज वा देशका समस्या र परिस्थितिलाई उनेर गाइन्थ्यो । यो नै तीज गीतको मूल मर्म हो । तर पछिल्ला केही वर्षमा तीजका गीतमा यी कुराहरु समेटिएको पाईंदैन । धेरै गीतहरु भ्यूजमूखी मात्र छन् ।

रातो सारी लाएर नाचेका भिडियो अपलोड गर्दै तीज नाम दिइएको हुन्छ । सबैमा यो लागू भएको हुँदैन । अझै पनि तीजको मर्मलाई जीवन्त राख्दै बनेका गीत पनि सार्वजनिक भएका छन् । यहीमध्ये विगत लामो समयदेखि सांगीतिक क्षेत्रमा योगदान पुर्याउँदै आएकी गीतकार तथा संगीतकार जानकी पन्थले पनि यस वर्षको तीज पर्वलाई केन्द्रित गरेर तीज गीत ‘अब त चाहियो काठमाडौंमा घर’ ल्याएकी छिन् ।

म्यूजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा शब्द र संगीत जानकीकै रहेको छ । लोकप्रिय गायिका अस्मिता अधिकारी र अलिफ खानको सुमधुर स्वरले सजिएको गीतमा महेन्द्र भन्डारीको संगीत संयोजन रहेको छ । । गीतले बोकेको शब्द भाव उच्च र फराकिलो प्रकारको छ । गीतमा एकातिर काठमाडौंमा लामो समयसम्म भाडामा बस्नुपरेको र आफ्नो एउटा घर जोड्न नसक्दाको पिडालाई समेटिएको छ भने अर्कोतिर तराइजस्तो उर्वर भुमी बाझो राखेर शहरमा अर्काको घरमा भाडामा बस्नुको औचित्य नरहेको सकारात्मक सन्देश दिन खोजिएको छ।

आँखाभरी कयौ सपना सजाउदै मनभरी अनेक रहर बोक्दै शहर छिर्छ मान्छे । एउटा आफ्नो घर बनाउला सुन्दर सानो संसार सजाउला भन्ने रहर अनि सपना जो कोहीको हुन्छ। तर,सबै सपना पूरा कहाँ हुन्छन् र? तिनै सपना पूरा नहुदाको पीडा अनि भाडाकै घरमा जिन्दगी बिताउनुपर्दाको बाध्यतालाई जिवन्त बनाएको छ ‘अब त चाहियो काठमाडौंमा घर’ ले।

गीतको भिडियोले पनि गीतको मर्मलाई मुर्त रुप दिएको छ। कलाकारहरु अनु शाह र एसराज गराचको प्रभुख अभिनय तथा नृत्य रहेको यश गीतमा बालकलाकारहरु हृदया र आदित्यलाई पनि देख्न सकिन्छ । सुब्रत आचार्यको निर्देशन सन्तोष राजबाहकको नृत्य निर्देशन रहेको छ ।मोहन राईले नृत्य संयोजन गरेको भिडियोलाई दिनेश पराजुलीले छायांकन गरेका हुन् । विष्णु खड्काको सम्पादन रहेको यस गीतको भिडियोलाई सेलीब्रेसन हाइट, सुकेधारा र टिकाथली आसपासका क्षेत्रमा छायांकन गरिएको हो ।

भिडियोमा लामो समय भाडामा बसेका दम्पतीहरुको व्यथालाई देखाइएको छ । गीतकी सर्जक जानकी भन्छिन् ‘सधैं गरगहना नयाँ सारीको मात्र माग कति गर्नु ? घर पाए त गहना पनि चाहिदैन लुगा बरु पुराना लगाउँला । तर आफ्नो नै हो है अब यहाँबाट अन्त सर्न पर्दैन है भन्ने एउटा आभास भने चाहिने रैछ । यो कुरा म लगायत भाडाको घरमा बस्ने अन्य धेरैले महसुस गर्नुभएको होला । हामी सबैको कथा-व्यथा बोकेको तीज गीत हो । सबैले माया गरिदिनुहुनेछ भन्नेमा आशावादी छु ।’

पन्थका यसअघि ‘ओए बुढा’, ‘तम्घासबाट हिँडेको गाडी’, ‘पल्लाघरे लाहुरेले लान्छ अरे बाइ’, ‘बबाल तीज’ लगायतका तीज गीत तथा वाचा त गरे, बोल न केही, रोकिन लाग्यो सास मेरो प्रिया, तिम्रो त आज खुशिको पल, मायालाइ तराजुमा, मायाकै पीडा नसकि खप्न अनायासै सोध्यौ यस्तो प्रश्न, यदि तिमी खुशी छौ भने, लागायतका आधुनिक गीत गजल र हल्ला चल्छ चलिरहन देउ, यो मायामा रुन नपरोस्,

डाडावारि जुन भयो त डाडापारी घाम, न्याउली रुदा यो मन रुन्छ नि, माया मारे है, अहिलेसम्म फोनै आएन लगायतका लोकदोहोरी गीतहरु हालसम्म पनि लोकप्रिय छन् । उनले केही चलचित्रहरुमा समेत आफ्ना शब्द सजाइसकेकी छन् भने पन्थ एकल शब्द तथा संगीतमा एकल एल्वम निकाल्ने नेपालकी प्रथम महिला समेत हुन् । २०६८ सालमा सार्वजनिक भएको एल्वम ‘संघार’ बाट उनले यो उपाधी प्राप्त गरेकी हुन् ।


  • साझा परिवेश
  • सोमवार, भदौ २५, २०८० १३:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट