sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

साढे २ करोड बुझाएर मीनबहादुर छुटे, ७ लाख बुझाउन नसक्दा अरूणकुमार जेल मै….

  • साझा परिवेश
  • सोमवार, भदौ २५, २०८० १४:४५
साढे २ करोड बुझाएर मीनबहादुर छुटे, ७ लाख बुझाउन नसक्दा अरूणकुमार जेल मै….
  • धरौटी तिर्न नसकेपछि एक जना अभियुक्त कारागार चलान
  • अदालतले श्रेष्ठसँग सात लाख ५० रुपैयाँ धरौटी माग्यो 
  • सबैभन्दा धेरै धरौटी बुझाउनुपर्ने मीनबहादुर गुरुङ पनि आइतबार नै छुटे 

काठमाडौं ।।

ललिता निवास प्रकरणमा धरौटी तिर्न नसकेपछि एक जना अभियुक्त कारागार चलान भएका छन्। नापी कार्यालय मैतिदेवी काठमाडौंका तत्कालीन अमिन अरूणकमार श्रेष्ठ कारागार चलान भएका हुन्। उनी केन्द्रीय कारागार जगन्नाथदेवलमा चलान भएका छन्। अदालतले श्रेष्ठसँग सात लाख ५० रुपैयाँ धरौटी माग गरेको थियो।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासले ललिता निवास प्रकरणमा पक्राउ परेका १८ जनालाई नै रिहा गर्न आइतबार आदेश दिएको थियो। अदालतले एक जनालाई साधारण तारेख र १७ जनासँग धरौटी माग गरेको थियो ।

जसमध्ये १६ जना धरौटीमा रिहा भइसकेका छन् । अदालतले प्रकरणका मुख्य योजनाकार मानिएका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङसँग दुई करोड ४६ लाख धरौटी माग गरेको थियो। अन्यसँग एक लाखदेखि १५ लाख रुपैयाँसम्म व्यक्तिअनुसार बेग्ला–बेग्लै धरौटी माग गरेको थियो । सबैभन्दा धेरै धरौटी बुझाउनुपर्ने मीनबहादुर गुरुङ पनि आइतबार नै छुटिसकेका छन् । आइतबार नै धरौटी रकम बुझाएर गुरुङ रिहा भएका थिए ।

कसलाई कति थियाे धरौटी ?

१) मीनबहादुर गुरुङ– २ करोड ४६ लाख

२) कलाधर देउजा –१५ लाख

३) विनोद पौडेल– १५ लाख

४) रुद्र कुमार श्रेष्ठ– ७ लाख ५० हजार

५) बालकृष्ण श्रेष्ठ –७ लाख ५० हजार

६) घमन कुमार कार्की– ७ लाख ५० हजार

७) गोपाल कार्की –७ लाख ५० हजार

८) योगराज पौडेल– ७ लाख ५० हजार

९) नारायणराज मिश्र –७ लाख ५० हजार

१०) अरुण कुमार श्रेष्ठ –७ लाख ५०

११) लोकहरि घिमिरे –७ लाख ५० हजार

१२) ध्रुव प्रसाद अर्याल –३ लाख ३० हजार

१३) शिवजी भट्ट–३ लाख ३० हजार

१४) बाबुराजा महर्जन– १ लाख १० हजार

१५) देवनारायण महर्जन – १ लाख १०

१६) सकलानन्द महर्जन– १ लाख १० हजार

१७) सञ्जय कुमार महर्जन– १ लाख १० हजार

  • साझा परिवेश
  • सोमवार, भदौ २५, २०८० १४:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid