May 12, 2024 | आइतवार, बैशाख ३०, २०८१
सुचनाहरु
सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता शेखर कोइराला र गगन थापाबीच भेटघाट मधेश प्रदेश सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिने विश्वकपमा इतिहासकै कान्छा कप्तान, रोहितकुमार पौडेलले नयाँ कीर्तिमान थप्दै जसपा नेपालले आजै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि छजनाको उम्मेदवारी गर्मीमा युरिक एसिड बढी भएका बिरामीले कुन फलफूल खाने ? राष्ट्रपतिका आर्थिक विज्ञ चिरञ्जिवी नेपालको राजिनामा स्वीकृत स्कुल बसमा आगजनी संसदीय छानबिन समिति गठनमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ : कांग्रेस नेता लेखक नीति तथा कार्यक्रमको तयारीबारे सभामुखले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक बढ्यो सुनको मूल्य

महानगरले गर्ने ७१ वटा कामको सूची सार्वजनिक

  • साझा परिवेश
  • सोमवार, भदौ २५, २०८० १५:५७
महानगरले गर्ने ७१ वटा कामको सूची सार्वजनिक
  • कुनै कारणले पनि निर्धारित कार्यक्रममा ढिलाइ नगर्न प्रमुखको  निर्देशन
  • यो बर्ष, गएको बर्षभन्दा नतिजामा वृद्धि गर्नु पर्ने
  • आर्थिक सामाजिकका काममा सहभागिताबाट नतिजा निकाल्ने 

काठमाडौँ ।।

आजैदेखि थाल्नु पर्ने ७१ वटा कामका सूची प्रस्तुत गर्दै एमएमटी (सिनियर म्यानेजमेन्ट टीम) बैठकमा काठमाडौँ महानगरपालिकाका प्रमुख प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले, कुनै कारणले पनि निर्धारित कार्यक्रममा ढिलाइ नगर्न निर्देशन दिनुभयो । यो बर्ष, गएको बर्षभन्दा नतिजामा वृद्धि गर्नु पर्नेछ । जनजीविकाको सहजता, पूर्वाधार विकासमा समन्वयात्मक संयन्त्र, आर्थिक सामाजिकका काममा सहभागिताबाट नतिजा निकाल्नु पर्छ । उहाँको भनाइ थियो ।

तत्काल गर्नु पर्ने कामको सूचीमा, हाइमास्ट लाइट जडान गर्ने, विद्युतीय सेवा सुरु, कार्यालय परिसर र सहरी क्षेत्रमा पार्किङ्ग व्यवस्थापन, स्वास्थ्य प्रवर्धन केन्द्र सञ्चालन, सामुदायिक कुकुरको बन्ध्याकरण, अनुगमन सूचक (पूर्वाधार, वडा स्तर, विभाग, आयोजना तथा कार्यक्रम स्तर, सार्वजनिक खरिद मूल्याङ्कन प्रक्रिया) निर्माण, कार्यपालिका बैठकबाट भएका निर्णयको कार्यान्वयन, ऐन कार्यान्वयनको अवस्था, आवश्यक पर्ने कार्यविधि निर्माण, महानगर गौरव र स्वर्णिम योजना कार्यान्वयन लगायत बुँदा छन् ।

आकाशे पुलमा शिशाका बार बनाउने, सडक पेटीलगायत संरचनाहरुको नियमित मर्मत सम्भार, यातायात व्यवस्थापन, सार्वजनिक शौचालय निर्माणलगायत काम छन् । यस्तै काठमाडौँ प्लाजामा स्तनपान कक्ष निर्माण गराउने जस्ता काम छन् । बैठकमा विभागीय प्रमुखहरुले आफूअन्तर्गतका योजना कार्यान्वयनमा अहिलेसम्म भएका काम र आगामी योजनाका विषयमा जानकारी गराउनुभएको थियो ।

  • साझा परिवेश
  • सोमवार, भदौ २५, २०८० १५:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।