sweet bonanza
March 2, 2026 | सोमवार, फाल्गुन १९, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सिटिजन लाइफको आईपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा

  • साझा परिवेश
  • बिहिबार, भदौ २८, २०८० १६:३२
सिटिजन लाइफको आईपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँट भएको छ। बिहीबार बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलको कार्यालयमा गोलाप्रथामार्फत आइपिओ बाँडफाँट भएकाे हाे ।

गाेलाप्रथामार्फत नाै लाख आवेदकले १० कित्ताका दरले आइपिओ प्राप्त गरेका छन्।

आइपिओमा कुल १५ लाख ८४ हजार ५९७ जनाले आवेदन परेकाेमा एक लाख ७७ हजार ३६० जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी दिएको छ। योग्य १४ लाख सात हजार २३७ आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँमा आईपीओ जारी गरेकाे थियाे ।

कम्पनीले जारी पुँजी तीन अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् एक अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको एक करोड १२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। जसमध्ये पाँच प्रतिशत अर्थात् पाँच करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको पाँच लाख ६२ हजार ५०० कित्ता प्रतिशेयर १०० रुपैयाँमा कम्पनीका कर्मचारीहरूका लागि निष्कासन गरेको थियाे ।

त्यस्तै, कम्पनीले बाँकी एक अर्ब छ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको एक करोड छ लाख ८७ हजार ५०० कित्ता सेयरको १० प्रतिशत अर्थात् ११ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि र पाँच लाख ६२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।

इन्स्योरेन्सले भदौ १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर २४४ रुपैयाँमा ९० लाख कित्ता शेयर निष्काशन गरेको थियो।

आइपिओकाे नतिजा लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट हेर्न सक्नेछन्। साथै, कम्पनीको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङको वेबसाइटबाट पनि नतिजा हेर्न सकिने जनाइएकाे छ ।

  • साझा परिवेश
  • बिहिबार, भदौ २८, २०८० १६:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid