April 11, 2025 | शुक्रबार, चैत्र २९, २०८१
सुचनाहरु
दुर्गा प्रसाईं लाई आसाम प्रहरीले नेपालको सिमामा छोडेपछी पक्राउ गर्यो नेपाल प्रहरीले दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै

एसिया कप क्रिकेट उपाधिका लागि भारत र श्रीलंका भिड्दै

  • साझा परिवेश
  • आइतवार, भदौ ३१, २०८० ११:४२
एसिया कप क्रिकेट उपाधिका लागि भारत र श्रीलंका भिड्दै

श्रीलंकाले आज एसिसी एसिया कप क्रिकेट २०२३ को उपाधिका लागि घरेलु मैदानमा भारतको सामना गर्दैछ। कोलम्बोस्थित प्रेमदासा मैदानमा नेपाली समयअनुसार दिउँसो ३:१५ बजे हुने फाइनल खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

भारतले शीर्ष स्थानमा रहँदै अन्तिम दुई तथा श्रीलंकाले सुपर फोरमा पाकिस्तानलाई इनिङ्सको अन्तिम बलमा हराउँदै फाइनल स्थान पक्का गरेका थिए। सुपर फोरको अन्तिम खेलमा भारत अप्रत्याशित रूपमा बंगलादेशसँग ६ रनले पराजित भएको थियो।

फाइनल खेलका लागि वर्षा भने बाधक हुने देखिएको छ। श्रीलंकन मौसम विभागले वर्षा हुने सम्भावना ९० प्रतिशत देखाएको छ। वर्षाले प्रभावित भए खेल रिजर्भ डेमा हुनेछ। भारत र पाकिस्तानबीचको सुपर फोरको खेल पनि रिजर्भ डेमा खेलाइएको थियो।

६ टोली सहभागी एसिया कपको १६औं संस्करणमा एसोसिएट राष्ट्र नेपाल र टेस्ट राष्ट्र अफगानिस्तान समूह चरणबाटै बाहिरिएका थिए। नेपाल पहिलोपटक एसिया कपमा सहभागी भएको थियो।

भारत पाँच वर्षपछि उपाधि जित्ने योजनामा छ। पछिल्लो पाँच वर्षयता भारतले कुनै पनि फर्म्याटमा उपाधि जितेको छैन। भारत आठौं पटक विजेता बन्न चाहन्छ। श्रीलंका सातौं पटक च्याम्पियन बन्ने योजनामा छ। भारतले सन् २०१८ मा यूएईमा भएको एसिया कप उपाधि जितेको थियो।

सन् २०१८ पछि भारतले आइसिसीले आयोजना गर्ने पाँच र एसिसीले आयोजना गर्ने एक प्रतियोगिता खेलिसकेको छ। तर, भारतले विश्व क्रिकेटमा पछिल्लो पाँच वर्षयता कुनै उपाधि जित्न सकेको छैन। सन् २०१३ मा भारतले महेन्द्रसिंह धोनीको कप्तानीमा च्याम्पियन्स ट्रफी जितेको थियो।

भारत एकदिवसीय एसिया कपमा १०औं पटक फाइनल खेल्दै छ। यसअघि नौपटक फाइनल खेल्दा ६ पटक उपाधि भारतको पोल्टामा छ। भारतले सन् २०१६ मा भएको टी–२० एसिया कपको उपाधि जितेको थियो। भारतले नौमध्ये आठपटक श्रीलंका र एकपटक बंगलादेशविरुद्ध फाइनलमा प्रतिस्पर्धा गरेको हो। युएईमा भएको सन् १९८४ को पहिलो एसिया कप भारतले नै जितेको थियो।

भारत र श्रीलंकाबीच समग्रमा २०औं पटक फाइनल खेलमा प्रतिस्पर्धा हुँदैछ। दुवैले आइसिसी र एसिसीका फरक प्रतियोगितामा १९ पटक प्रतिस्पर्धा गर्दा दुवै टोलीले समान ९ पटक जित हासिल गरेका छन्। एक खेलमा भने कुनै नतिजा आएको छैन।

एसिया कपको इतिहासमा सर्वाधिक सात पटक उपाधि जित्ने एक्लो टोली भारत हो। एकदिवसीय र टी–२० फर्म्याट गरी भारतले कुल सातपटक उपाधि जितेको छ। टी–२० उपाधि एकपटक हात पारेको छ। भारतले सन् १९८४, १९८८, १९९०-९१, १९९५, २०१०, २०१६ र २०१८ मा उपाधि जितेको छ। भारतपछि दोस्रो स्थानमा श्रीलंका छ। श्रीलंकाले ६ पटक उपाधि जितेको छ। श्रीलंकाले सन् १९८६, १९९७, २००४, २००८, २०१४ र २०२२ मा उपाधि जितेको हो। पाकिस्तानले सन् २००० र २०१२ गरी दुईपटक उपाधि जितेको छ।

  • साझा परिवेश
  • आइतवार, भदौ ३१, २०८० ११:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट