April 11, 2025 | शुक्रबार, चैत्र २९, २०८१
सुचनाहरु
दुर्गा प्रसाईं लाई आसाम प्रहरीले नेपालको सिमामा छोडेपछी पक्राउ गर्यो नेपाल प्रहरीले दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै

बीपी साहित्य महोत्सवको बाँकी कार्यक्रम संविधान दिवसको दिन हुने

  • साझा परिवेश
  • सोमवार, अशोज १, २०८० १३:२0
बीपी साहित्य महोत्सवको बाँकी कार्यक्रम संविधान दिवसको दिन हुने

काठमाडौं, असोज १ गते । नेपाली कांग्रेसले स्थगित गरेको बीपी साहित्य महोत्सव असोज ३ अर्थात् संविधान दिवसको दिन हुने भएको छ । संविधान दिवसका दिन कांग्रेसले केन्द्रीय कार्यालय सानेपामा बीपी महोत्सवको बाँकी कार्यक्रम गर्ने भएको हो ।

नेकपा एमालेका नेता सुवास नेम्वाङको निधन भएपछि गत भदौ २६ गते कांग्रेसले बीपी साहित्य महोत्सव स्थगित गरेको थियो ।

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार असोज ३ गते बिहान साढे १० बजेदेखि अपराह्न ५ बजेसम्म बीपी साहित्य महोत्सवको कार्यक्रम हुनेछ । उक्त दिन बीपीको समाजवादी परिकल्पनामा शिक्षा, समावेशिता, सामाजिक रुपान्तरण र बीपी, समय र सबार्ल्टन, बीपीका आख्यानमा नारी, परिवारले बुझेका बीपी, बीपीको विचार, आजको संविधान र अबको बाटो विषयमा छलफल हुनेछ ।

यस्तै, कांग्रेसले भदौ २४ र २५ गते पनि बीपी साहित्य महोत्सवमा विभिन्न कार्यक्रम हुने जानकारी गराएको छ ।

  • साझा परिवेश
  • सोमवार, अशोज १, २०८० १३:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट