April 11, 2025 | शुक्रबार, चैत्र २९, २०८१
सुचनाहरु
दुर्गा प्रसाईं लाई आसाम प्रहरीले नेपालको सिमामा छोडेपछी पक्राउ गर्यो नेपाल प्रहरीले दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै

ऋषेश्वरको पूजा, आराधना गरेपछि तीज पर्व समापन

  • साझा परिवेश
  • मङ्लबार, अशोज २, २०८० १५:१९
ऋषेश्वरको पूजा, आराधना गरेपछि तीज पर्व समापन
  • प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन यो पर्व मनाइन्छ
  • अरुन्धतीसहित सप्तऋषिको पूजा, आराधना गरेपछि तीज पर्व समापन

काठमाडौँ ।।

ऋषिपञ्चमी पर्वका अवसरमा टेकु र मूलपानीस्थित ऋषेश्वर मन्दिरमा बिहानैदेखि व्रतालु महिला भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन यो पर्व मनाइन्छ । आज नेपाली नारीले नदी, खोला, ताल, तलाउलगायत स्थलमा गई विधिपूर्वक दत्तिउन र गोबरले स्नान गरेपछि ऋषेश्वर मन्दिरमा गई पूजा लगाउने गर्छन् ।

टेकु र मूलपानीको ऋषेश्वर मन्दिर काठमाडौँ उपत्यकाका पुराना मन्दिर हुन् । जहाँ सनातनकालदेखि नै भाद्र शुक्ल पञ्चमीका दिन भक्तजनको भीड लाग्ने गरेको छ । आज भने तिथि ढिला लागेकाले करिब ११ बजेपछि भक्तजनको बढी भीड लागेको जनाइएको छ ।

यस वर्ष आज बिहान सूर्योदयकालमा चौथी तिथि भए पनि मध्याह्नकालमा पञ्चमी तिथि लाग्ने भएकाले आजै ऋषिपञ्चमी पर्व मनाउनुपर्ने निर्णय नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले गरेको थियो । आज नेपाली नारीले विधिपूर्वक स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा, आराधना गरेपछि तीज पर्व समापन हुन्छ ।

आइतबार बेलुकी दर खाएपछि यस वर्षको तीज सुरु भएको थियो । नेपाली नारीले मात्र मनाउने मौलिक पर्वका रुपमा रहेको तीज पर्व सञ्चारमाध्यमको प्रचारप्रसारका कारण भारतलगायत वैदिक सनातन हिन्दू धर्मावलम्बीको बसोबास रहेका मुलुकमा पनि मनाउन थालिएको छ ।

 

  • साझा परिवेश
  • मङ्लबार, अशोज २, २०८० १५:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट