sweet bonanza
February 12, 2026 | बिहिबार, फाल्गुन १, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

प्रकाश सपूत र दिलिप रायमाझीको ‘भिडिओ’ सार्वजनिक

  • साझा परिवेश
  • बुधबार, अशोज ३, २०८० ११:२६
प्रकाश सपूत र दिलिप रायमाझीको ‘भिडिओ’ सार्वजनिक
  • चलचित्र ‘परदेशी–२’को नयाँ गीत सार्वजनिक
  • प्रकाश सपूत र दिलिप रायमाझीसँगै रमा थपलिया पनि प्रस्तुत गरिएको 
  • चलचित्रले उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीको कथामा आधारित 

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी–२’को नयाँ गीत सार्वजनिक गरिएको छ। बडादसैँको अवसर पारेर असोज २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्रको ‘हिजो काम…’ बोलको गीत सार्वजनिक गरिएको हो।  निर्माण टिमले बुधबार बिहान सार्वजनिक गरेको यो गीतले परदेशीकै कथा भनेको छ।

हिजो काम, आज काम

काम विदेशमा

कामभन्दा के नै छ र आमा विदेशमा

गीतलाई रचना गरेका हुन्- सतिश चापागाईंले। चलचित्रका अभिनेतासमेत रहेका प्रशान्त तामाङले यसमा स्वर दिएका छन्। बीबी अनुरागीको संगीत र एरेन्ज रहेको गीतलाई श्याम श्वेत रसाईलीले मिक्सिङ गरेका हुन्। केही मनछुने संवादसमेत गीतमा समावेश छन्।  भिडिओमा चलचित्रका शीर्ष कलाकार प्रकाश सपूत र दिलिप रायमाझीसँगै रमा थपलिया लगायतलाई प्रस्तुत गरिएको छ।

नारायण इन्टरनेसनलको प्रस्तुतिमा राजेश वंशल र नारायण रायमाझीको संयुक्त निर्माण रहेको ‘परदेशी–२’मा प्रकाश र दिलिपसँगै प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाह, रमा थपलिया, सविन बास्तोता, देवेन्द्र बब्लुलगायतको अभिनय छ।

गीतकार रमेश बिजीको लेखन रहेको चलचित्रले उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीको कथा प्रस्तुत गर्छ।अध्ययनसँगै अन्य परिवेशमा परदेश पुगेकाहरूको कथा-व्यथालाई समेत चलचित्रमा समेटिएको छ। मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी रहेको चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका हुन्।

  • साझा परिवेश
  • बुधबार, अशोज ३, २०८० ११:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid