sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

भन्सार कर्मचारी ५ जनाको छानबिन गर्न अख्तियारलाई पत्र

  • साझा परिवेश
  • बिहिबार, अशोज ४, २०८० १५:२८
भन्सार कर्मचारी ५ जनाको छानबिन गर्न अख्तियारलाई पत्र
  • ५ जना भन्सार कर्मचारीलाई भ्रष्टाचारको कसुरमा पनि अनुसन्धान गर्न सिफारिस
  • हङकङबाट गैरकानूनी रुपमा सुन भित्र्याउने संगठित अपराधमा संलग्नलाई 
  • उनीहरुमाथि भ्रष्टाचार निवारण ऐन अनुसार अनुसन्धान हुनुपर्ने

काठमाडौं ।।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका ५ जना भन्सार कर्मचारीलाई भ्रष्टाचारको कसुरमा पनि अनुसन्धान गर्न सिफारिस गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा ६० किलो सुन जाँच पासमा संलग्न जोखिम व्यवस्थापन शाखाका अधिकृत सन्तोष चन्द, भन्सार कार्यालयका भन्सार जाँच पास अधिकृत गणेशप्रसाद पौडेल, नायब सुब्बा विरेन्द्र नेपाली, कुमार ढकाल र एक्स-रे जाँचकी सरोज श्रेष्ठलाई भ्रष्टाचारमा समेत छानबिन गर्नुपर्ने निष्कर्ष निकालिएको सरकारी वकिलको कार्यालयका प्रमुख अच्युतमणि नेउपानेले  बताए ।

‘हङकङबाट गैरकानूनी रुपमा सुन भित्र्याउने संगठित अपराधमा संलग्न भएर कसुर अपराधबाट गैरकानूनी सम्पत्ति आर्जन गरेको र सरकारी कर्मचारीका रुपमा अपराधमा संलग्न भएर कसुरबाट गरेको गैरकानूनी आर्जन विभिन्न व्यवसायमा लगानी र लुकाउने उद्देश्यले लेयरिङ समेत गरेर सम्पत्ति बढाएको हुनसक्ने देखिएको छ’, उनले भने, ‘त्यसैले उल्लेखित प्रतिवादीको सम्पत्ति विवरणहरु प्राप्त हुने क्रम जारी नै रहेकाले निजहरुले आफ्नो पदीय र आर्थिक हैसियत भन्दा बढी सम्पत्तिहरु राखेको् देखिएको सम्पत्तिहरु तथा हालसम्म प्राप्त भइनसकेका थप सम्पत्ति समेत हुनसक्ने भएकाले उनीहरुमाथि भ्रष्टाचार निवारण ऐन अनुसार अनुसन्धान हुनुपर्ने देखिएको छ ।’

राजश्व अनुसन्धान विभागले २ साउनमा विमानस्थल भन्सारको जाँच पास भएर बाहिरिएको ६० किलो सुन बरामद गरेको थियो । १९ दिनसम्म अनुसन्धान गरेर प्रकरणमा संगठित अपराधको तत्व देखिएको भन्दै विभागले सम्पूर्ण अनुसन्धानको जिम्मा सीआईबीलाई दिएको थियो ।

  • साझा परिवेश
  • बिहिबार, अशोज ४, २०८० १५:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid