May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान

भन्सार कर्मचारी ५ जनाको छानबिन गर्न अख्तियारलाई पत्र

  • साझा परिवेश
  • बिहिबार, अशोज ४, २०८० १५:२८
भन्सार कर्मचारी ५ जनाको छानबिन गर्न अख्तियारलाई पत्र
  • ५ जना भन्सार कर्मचारीलाई भ्रष्टाचारको कसुरमा पनि अनुसन्धान गर्न सिफारिस
  • हङकङबाट गैरकानूनी रुपमा सुन भित्र्याउने संगठित अपराधमा संलग्नलाई 
  • उनीहरुमाथि भ्रष्टाचार निवारण ऐन अनुसार अनुसन्धान हुनुपर्ने

काठमाडौं ।।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका ५ जना भन्सार कर्मचारीलाई भ्रष्टाचारको कसुरमा पनि अनुसन्धान गर्न सिफारिस गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा ६० किलो सुन जाँच पासमा संलग्न जोखिम व्यवस्थापन शाखाका अधिकृत सन्तोष चन्द, भन्सार कार्यालयका भन्सार जाँच पास अधिकृत गणेशप्रसाद पौडेल, नायब सुब्बा विरेन्द्र नेपाली, कुमार ढकाल र एक्स-रे जाँचकी सरोज श्रेष्ठलाई भ्रष्टाचारमा समेत छानबिन गर्नुपर्ने निष्कर्ष निकालिएको सरकारी वकिलको कार्यालयका प्रमुख अच्युतमणि नेउपानेले  बताए ।

‘हङकङबाट गैरकानूनी रुपमा सुन भित्र्याउने संगठित अपराधमा संलग्न भएर कसुर अपराधबाट गैरकानूनी सम्पत्ति आर्जन गरेको र सरकारी कर्मचारीका रुपमा अपराधमा संलग्न भएर कसुरबाट गरेको गैरकानूनी आर्जन विभिन्न व्यवसायमा लगानी र लुकाउने उद्देश्यले लेयरिङ समेत गरेर सम्पत्ति बढाएको हुनसक्ने देखिएको छ’, उनले भने, ‘त्यसैले उल्लेखित प्रतिवादीको सम्पत्ति विवरणहरु प्राप्त हुने क्रम जारी नै रहेकाले निजहरुले आफ्नो पदीय र आर्थिक हैसियत भन्दा बढी सम्पत्तिहरु राखेको् देखिएको सम्पत्तिहरु तथा हालसम्म प्राप्त भइनसकेका थप सम्पत्ति समेत हुनसक्ने भएकाले उनीहरुमाथि भ्रष्टाचार निवारण ऐन अनुसार अनुसन्धान हुनुपर्ने देखिएको छ ।’

राजश्व अनुसन्धान विभागले २ साउनमा विमानस्थल भन्सारको जाँच पास भएर बाहिरिएको ६० किलो सुन बरामद गरेको थियो । १९ दिनसम्म अनुसन्धान गरेर प्रकरणमा संगठित अपराधको तत्व देखिएको भन्दै विभागले सम्पूर्ण अनुसन्धानको जिम्मा सीआईबीलाई दिएको थियो ।

  • साझा परिवेश
  • बिहिबार, अशोज ४, २०८० १५:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट