May 18, 2024 | शनिबार, जेष्ठ ५, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

शेयर बजार साढे १८ अङ्कले घट्यो, १ अर्ब ८१ करोड रुपैयाँको कारोबार

  • साझा परिवेश
  • बुधबार, अशोज १०, २०८० १५:४५
शेयर बजार साढे १८ अङ्कले घट्यो, १ अर्ब ८१ करोड रुपैयाँको कारोबार

शेयर बजार आज दोहोरो अङ्कले घटयो

काठमाण्डाै – हिजो बढेको शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज बुधवार १८ दशमलव ६० अङ्कले घटेर दुई हजार चार दशमलव ३० विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर ओरालो लागेर बजार राताम्मे देखिएको छ । सबैभन्दा धेरै शुभम् पावर कम्पनी र लक्ष्मी भ्यालु–२ को शेयर १० प्रतिशतले घटेको छ ।

समग्रमा बजार राताम्मे हुँदाको दिन आज मनकामना इन्जिरियङ हाइड्रोपावर कम्पनीको शेयर झन्डै १० प्रतिशत तथा एसियन हाइड्रोपावर र मोलुङ हाइड्रोपावर कम्पनीको शेयर झन्डै आठ प्रतिशतले बढेको छ ।

आज ७० लाख ६१ हजार कित्ता शेयर एक अर्ब ८१ करोड ४३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सन नेपाल लाइफ इन्सुरेन्स कम्पनीको सात करोड ६२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

  • साझा परिवेश
  • बुधबार, अशोज १०, २०८० १५:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।