काठमाडौं ।।
कानुन, न्याय तथा मानवअधिकार समितिले सम्पत्ति शुद्धीकरणसम्बन्धी संशोधनकर्ताहरूसँग छलफल गरेर बुझाउनु पर्ने प्रतिवेदन अपूर्ण भएपछि समय थप गरेको छ । सोमबार समितिको बैठकमा उपसमितिका संयोजक रञ्जुकुमारी झाले प्रारम्भिक प्रतिवेदन बुझाएकी थिन् । प्रतिवेदन तयार गर्दा पाँचपटक बैठक बसेको झाले बताइन् । १५ दिन निरन्तर बैठक बसेको भए यसलाई पूर्णता दिन सकिने उनको भनाइ छ । अब १० दिन समय थप्न संयोजक झाले माग गरेकी थिइन् । उपसमितिमा ११ जना छन् । उनीहरू पनि नियमित उपस्थित नभएको उनको भनाइ छ ।