April 27, 2024 | शनिबार, बैशाख १५, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

नेपालकाे ‘ए’ टाेली आयरल्यान्ड–उल्भ्ससँग २१ रनले पराजित

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १६, २०८० १६:४३
नेपालकाे ‘ए’ टाेली आयरल्यान्ड–उल्भ्ससँग २१ रनले पराजित

काठमाण्डाै – आयरल्यान्ड–उल्भ्ससँगकाे मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खलाकाे पहिलाे खेलमा नेपालकाे ‘ए’ टाेली पराजित भएकाे छ । आज कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा भएकाे खेलमा नेपाल २१ रनले पराजित भयाे ।

आयरल्यान्ड–उल्भसले दिएकाे २ सय २३ रनकाे लक्ष्य पछ्याएकाे नेपाल ‘ए’ १९ ओभर ३ बलमा २ सय १ रनमा अल आउट भयाे । नेपालका लाेकेश बमले शतक बनाए । लाेकेश ५६ बलमा १ सय ६ रन बनाएर आउट भए । यस्तै आरिफ शेखले ४९ रन बनाए । टाेलीले ६८ रनमा ३ विकेट गुमाएकाे अवस्थामा लाेकेश र आरिफले ४४ बलमा १ सय २१ रनकाे साझेदारी गरे । आयरल्यान्ड–उल्भ्सका फियाेन ह्यान्ड र म्याथ्यु हमफ्रेसले समान ३ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको आयरल्यान्ड–उल्भ्सले २० ओभरमा ५ विकेट गुमाएर २ सय २२ रन बनायो । आयरल्यान्ड–उल्भ्सका पिटर मूरले ४९, केड कारमाइकल र कप्तान निल रकले समान ३८, स्टेफेन डोहेनेले ३४, ग्यारेथ डिलेनेले नट आउट ३० रन बनाए । बलिङतर्फ नेपाल ‘ए’ का कमलसिंह ऐरीले ३ तथा सागर ढकाल र आरिफ शेखले समान १ विकेट लिए ।

टी–२० क्रिकेट शृङ्खलाकाे दोस्रो खेल भोलि र तेस्रो खेल आउने सोमवार हुनेछ । यसैगरी नेपालको ‘ए’ टोली र आयरल्यान्ड–उल्भ्सबीचको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला आउँदो बुधवारदेखि शुरु हुनेछ ।

यसअघि नेपाली राष्ट्रिय क्रिकेट टोली र आयरल्यान्ड उल्भ्सबीचको दुई खेलको टी–२० क्रिकेट शृङ्खला नेपालले २–० ले जितेको थियो ।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १६, २०८० १६:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट