sweet bonanza
February 4, 2026 | बुधबार, माघ २३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बनेपा महोत्सव सुरु

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० १६:२0
बनेपा महोत्सव सुरु

व्यापारिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक खेल मेला बनेपा महोत्सव-२०८०’ चौथो संस्करणको आजदेखि सुरुआत

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा व्यापारिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक खेल मेला बनेपा महोत्सव-२०८०’ चौथो संस्करणको आजदेखि सुरुआत भएको छ । दसैँको पूर्वसन्ध्यामा बनेपा ब्वाइज क्लबद्वारा आयोजित मेला–महोत्सव बनेपास्थित उगे्रश्वर मन्दिर परिसरमा कात्तिक ४ गतेसम्म सञ्चालन हुने छ ।

सम्मेलनमा पर्यटन, कृषि, धार्मिक, सांस्कृतिक, औद्योगिक, हस्तकला तथा खेलकुद विकास गर्ने उद्देश्यले लिइएको छ । महोत्सवको बाग्मती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थ लामाले आज उद्घाटन गरेका छन् ।

मन्त्री लामाले स्थानीय सांस्कृतिक, औद्योगिक, हस्तकला प्रवद्र्धन र खेलकुद विकासमा महोत्सवले ठूलो सहयोग पुग्नेमा विश्वास व्यक्त गरेका छन् । “महोत्सव आन्तरिक पर्यटक प्रबद्र्धन र आर्थिक गतिविधि बढाउन सहयोगी हुनेछ”, उनले भने ।

मेला उद्घाटनअघि बनेपास्थित चैतन्यचोकदेखि महोत्सवस्थलसम्म स्थानीय कला संस्कृति झल्कने झाँकी तथा बाजागासहित नाच प्रदर्शन गरिएको थियो । क्लबका अध्यक्ष महेश कर्माचार्यले यो ‘बनेपा महोत्सव–२०८०’को चौथो संस्करण भएको उल्लेख गर्दै मेलामा कृषि, घरेलु सामग्री लगायतका करिब एक सय प्रदर्शन कक्ष रहेको जानकारी दिए ।

मेलामा बाल उद्यानको व्यवस्थापन गरिएको छ प्रत्येक दिन राष्ट्रिय कलाकारको सहभागितामा सांस्कृतिक कार्यक्रमसमेत गरिने छ । साथै महिला भलिबल, खुल्ला नृत्य तथा गायन, मार्सल आर्ट तथा ऐतिहासिक बनेपासम्बन्धी चित्रकला प्रतियोगिता सञ्चालन गरिने आयोजकको भनाइ छ ।

गत भदौमा काभ्रेपलाञ्चोक होटल तथा रेष्टुराँ व्यवसायी सङ्घ र पार्टी प्यालेस तथा क्याटरिङ सङ्घको आयोजनामा बनेपामा परम्परागत खाना, संस्कृति, भेषभूषा तथा स्वच्छ परिकारको प्रवद्र्धन गर्ने उद्देश्यले ‘काभ्रेपलाञ्चोक फुड फेस्टिबल, नेवारी सुकुल भोज तथा सांस्कृतिक कार्यक्रम’ आयोजना गरिएको थियो ।

त्यसैगरी गत वर्षको माघमा बनेपा (भ्वतः)को ऐतिहासिकतालाई महत्व दिने उद्देश्यले सांस्कृतिक महोत्सवको आयोजना गरिएको थियो । यहाँका दरबार चोक र मन्दिरका आ–आफ्नै महत्व रहेको तथा यी सम्पदा प्रचार अभावले ओझेलमा परेकाले देशविदेशमा चिनाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको थियो ।

ऐतिहासिक एवं प्राचीन सहर बनेपा काभ्रेपलाञ्चोकको मुख्य व्यापारिक केन्द्र हो । यो सहरमा धेरै पहिलेदेखि घाम र हावाको सन्तुलन मिलाउन ठाउँठाउँमा (चोक), पानीको व्यवस्था मिलाउन ढुङ्गेधारा र इनारहरू, सांस्कृतिक कार्यक्रम गर्न तथा नाटक देखाउन डबली बनाइएका छन् । बनेपा नौवटा ढुङ्गेधारा, नौवटा चोक, नौवटा डबली र ९९ वटा इनार भएको सहर हो ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० १६:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid