May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

इजरायलमा अलपत्र नेपालीको उद्धारमा ढिलाइ, आवश्यक पहल भैरहेको सरकारको भनाइ

  • साझा परिवेश
  • सोमवार, अशोज २२, २०८० 0७:३0
इजरायलमा अलपत्र नेपालीको उद्धारमा ढिलाइ, आवश्यक पहल भैरहेको सरकारको भनाइ

काठमाण्डौ – सरकारले इजरायलमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न ढिलो गरेको भन्दै आलोचना भएको छ । अस्ति शनिवारदेखि बंकरभित्र बसिरहेका नेपालीले आफूहरुको छिटो उद्धार गर्न माग गरिरहेका छन् । तर सरकारले अहिलेसम्म इजरायलमा रहेका नेपालीलाई सचेत रहन र घटनाबारे जानकारी दिन विज्ञप्ति निकाल्नुबाहेक अरु कदम चाल्न सकेको छैन ।

परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावासबाट आवश्यक सूचना र आधिकारिक जानकारी दिन ढिलाइ भएकोमा पनि आलोचना भैरहेको छ । नेपालमा रहेको परराष्ट्र मन्त्रालय र इजरायलमा रहेको नेपाली दूतावासबीच सूचना आदानप्रदानमा समन्वयको अभाव देखिएको छ । हिजो राजदूतले १० जना नेपालीको ज्यान गएको खबर सञ्चारमाध्यमलाई दिँदा परराष्ट्र मन्त्रालयले राति अबेर मात्रै विज्ञप्ति निकालेर आधिकारिक जानकारी दियो ।

यस्तै दूतावासले स्वदेश फर्कन चाहनेलाई अनलाइन रजिस्टे्रशनको व्यवस्था गरिसकेको जानकारी दिंदा परराष्ट्रले त्यसको तयारी मात्रै भएको जनाएको छ । अहिलेसम्म सरकारी तबरबाट उद्धारको लागि समन्वय र ठोस योजना तयारीको काम समेत भएको छैन ।

परराष्ट्र मन्त्रालयले अहिले तेल अभिभ विमानस्थल सामान्य रुपमा सञ्चालनमा रहेको र हवाई मार्ग मार्फत आवतजावत भइरहेको जनाएको छ । मन्त्रालयको विज्ञप्तिमा नेपालीको उद्धारका लागि गठन भएको संयन्त्रले इजरायलमा रहेका नेपाली नागरिकको संरक्षण र उद्धार गर्न आवश्यक पहल गरिरहेको उल्लेख छ ।

द्वन्दग्रस्त क्षेत्रबाट नेपालीहरुको यथाशिघ्र उद्धार गर्न नेपाल सरकार पूर्ण रुपमा प्रतिबद्ध रहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ । इजरायलमा विकसित पछिल्लो घटनाक्रमका सम्बन्धमा नेपाली राजदूतावास र परराष्ट्र मन्त्रालयका अधिकारीहरुको सम्पर्क विवरणहरु उपलब्ध गराइएकोले उहाँहरु मार्फत आवश्यक जानकारी लिन र सम्पर्कमा रहन पनि परराष्ट्र मन्त्रालयले भनेको छ । यस कठिन परिस्थितिमा इजरायलमा रहेका सम्पूर्ण नेपालीहरुलाई सजगता अपनाउन र नेपाली राजदूतावाससँग सम्पर्कमा रहन पनि मन्त्रालयले अनुरोध गरेको छ ।

यस्तै इजरायलमा रहेको नेपाली दूतावासले आक्रमण भएको क्षेत्रबाट केही नेपाली तेल अभिभ आइपुगेका जनाएको छ । उद्धारको पर्खाइमा रहेका बाँकी नेपालीहरुलाई समेत नेपाल सरकार, तालिम प्रदायक केन्द्र, रोजगारदाता र इजरायलवासी नेपाली समुदायसँगको सहकार्यमा तुलनात्मक रुपमा बढी सुरक्षित स्थलतर्फ स्थानान्तरण गर्न काम भैरहेको पनि दूतावासको भनाइ छ । दूतावासले आफू रहेकै ठाउँमा सुरक्षित रहन र रजिष्ट्रेशन प्रक्रियामा सहभागी हुनुहुन समेत आह्वान गरेको छ ।

सरकारले इजरायलमा अलपत्र तथा समस्यामा परेका नेपालीहरुलाई आवश्यक जानकारी, सहयोग र सहजीकरण गर्नका सम्पर्क व्यक्ति तोकिएको छ । परराष्ट्र मन्त्रालयले प्रवक्ता सेवा लम्साल, सहसचिव शरदराज आरण, उपसचिव दुरपदा सापकोटा र शाखा अधिकृत कृष्ण सिलवाललाई सम्पर्क व्यक्ति तोकेको जानकारी दिएको हो ।

यस्तै नेपाली राजदूतावास इजरायलकी राजदूत कान्ता रिजाल र प्रथम सचिव अर्जुन घिमिरेलाई पनि सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ । मन्त्रालयकी प्रवक्ता सेवा लम्सालको मोबाइल नम्बर ९८५१३१०२२९ रहेको छ । यस्तै मन्त्रालयकै सहसचिव शरदराज आरणको मोबाइल नम्बर ९८४४४९५८५८, उपसचिव दुरपदा सापकोटाको मोबाइल नम्बर ९८४१४०३३६२ र र शाखा अधिकृत कृष्ण सिलवालको मोबाइल नम्बर ९८४९१७९५२० रहेको छ ।

साथै तेल अभिभस्थित नेपाली राजदूत कान्ता रिजालको नम्बर ९७२५४५८६४४२३, प्रथम सचिव अर्जुन घिमिरेको नम्बर ९७२५२८२८९३०० मा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ । यस्तै मन्त्रालयले इमलेहरु [email protected][email protected] पनि उपलब्ध गराएको छ ।

  • साझा परिवेश
  • सोमवार, अशोज २२, २०८० 0७:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

छुटाउनुभयो कि?