sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

चिकित्सकलाई नयाँ नियम : सीप परीक्षणमा उत्तीर्ण भए मात्रै लाइसेन्स परीक्षा

  • साझा परिवेश
  • आइतवार, अशोज २८, २०८० १२:0३
चिकित्सकलाई नयाँ नियम : सीप परीक्षणमा उत्तीर्ण भए मात्रै लाइसेन्स परीक्षा

काठमाडौं । चिकित्सक लाइसेन्स परीक्षामा सहभागी हुन अबदेखि अनिवार्य रुपमा प्रयोगात्मक सीप परीक्षणमा उत्तीर्ण हुनुपर्ने भएको छ ।

नेपाल मेडिकल काउन्सिलले चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउने उद्देश्यले मापदण्ड परिमार्जन गरी सीप परीक्षणको व्यवस्था गरेको हो । यो व्यवस्था काउन्सिलले यसै वर्षदेखि कार्यान्वयनमा ल्याउने भएको छ ।

एमबीबीएस र बीडीएस उत्तीर्ण गरी ६ महिनापछि इन्टर्नसिप गरेपछि मात्र विद्यार्थीहरु चिकित्सक लाइसेन्स परीक्षामा सहभागी हुँदै आएका थिए । त्यसलाई संशोधन गर्दै नेपाल मेडिकल काउन्सिलले सीप परीक्षमा उत्तीर्णपछि मात्र लाइसेन्स परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको छ ।

इन्टर्नसिपकै बेला विद्यार्थीले बिरामी जाँच्ने तरिका, पेसागत मूल्यमान्यता, संक्रमण रोकथामलगायत ६० वटा सीप जान्नुपर्ने भए पनि काउन्सिलले २० वटा महत्त्वपूर्ण सीपको परीक्षा लिन लागेको हो । विश्वविद्यालय, स्वास्थ्य विज्ञान प्रतिष्ठान र विज्ञसँगको छलफलपछि मापदण्ड संशोधन गरेको काउन्सिलले बताएको छ ।

प्रयोगात्मकका लागि चाहिने सामाग्री ।
काउन्सिलका रजिस्ट्रार डा। कृष्णप्रसाद अधिकारी भन्छन्, ‘अहिलेसम्म काउन्सिलले ज्ञानको परीक्षण गर्दै आएको छ । हामीले लिखित परीक्षा लिएर लाइसेन्स दिँदै आएका छौं । यो ज्ञान मात्रको परीक्षण थियो । अब हामीले सीपको पनि परीक्षण लिने भएका हौं । इन्टर्नमा सिकेका उसले सिकेको सीप प्रमाणित भएपछि मात्रै काउन्सिलले लाइसेन्स दिने भएको हो ।’

स्वदेशी विद्यार्थीको हकमा सम्बन्धित कलेजको शिक्षण अस्पताल र विदेशमा अध्ययन गरेर आएका विद्यार्थीको हकमा त्रिवि शिक्षण अस्पताल, धरान र सेनाको स्वास्थ्य विज्ञान प्रतिष्ठानजस्ता सार्वजनिक शिक्षण संस्थामा सीप परीक्षण गर्ने व्यवस्था मिलाइएको छ ।

त्यसका लागि विश्वस्वास्थ्य संगठन र सरकारको सहयोगमा सबै मेडिकल कलेजमा सुविधासम्पन्न सीप परीक्षण प्रयोगशाला निर्माण गरी यसै वर्षदेखि कार्यान्वयनमा ल्याइने भएको छ ।

यो व्यवस्था नेपालको लागि आवश्यक नै रहेको चिकित्सा शिक्षाका विज्ञ प्राडा करवीरनाथ योगीको भनाइ छ । उनी स्पष्ट पार्छन्, ‘नेपालका केही मेडिकल कलेजमा सीप सिकाउने राम्रो व्यवस्था छैन । कलेजकै क्षमताका कारण पनि सीप सिक्न पाउँदैनन् ।’

त्यस्तै, किस्ट शिक्षण अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्य भन्छन्, ‘सौद्धन्तिक विषय मात्र पढ्दा पास भइहालिन्छ भनेर विद्यार्थीहरु प्रयोगात्मक कुरामा खासै ध्यान दिँदैनन् । यो व्यवस्थामा त इन्टर्नमै सबै गर्नुपर्ने हुन्छ ।’

चिकित्सक लाइसेन्स परीक्षाअघि सीप परीक्षणको व्यवस्था दक्षिण एसियासहित अन्य विकसित मुलुकहरुले कार्यान्वयनमा ल्याइसकेका छन् । विदेशमा पढेर आएका र नेपालकै २१ वटा शिक्षण संस्थाका गरी नेपालमा बर्सेनि २५ सय डाक्टर उत्पादन हुन्छन् ।

  • साझा परिवेश
  • आइतवार, अशोज २८, २०८० १२:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid