sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

राजनीतिक दल एउटाबाट अर्को पुस्तामा लक्षित हुनुपर्छ  : रवि लामिछाने

  • साझा परिवेश
  • सोमवार, अशोज २९, २०८० १0:५५
राजनीतिक दल एउटाबाट अर्को पुस्तामा लक्षित हुनुपर्छ  : रवि लामिछाने
  • राजनीतिक दल एउटा निर्वाचनबाट अर्को चुनावमा लक्षित हुन हुँदैन 
  • राजनीतिक दल एउटाबाट अर्को पुस्तामा लक्षित हुनुपर्छ 
  • आशंका नै आशंकामा हामीलाई पनि कैयौँ अनुमानको घेरामा राखियो 

काठमाडौं ।।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राजनीतिक दल एउटा निर्वाचनबाट अर्को चुनावमा लक्षित हुन नहुने बताएका छन् । सोमबारदेखि सुरु भएको पार्टीको नीति मन्थन कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले राजनीतिक दल एउटाबाट अर्को पुस्तामा लक्षित हुनुपर्नेमा जोड दिए । राजनीतिक दलका विचार, अभिव्यक्ति स्पष्ट नआउँदा अनुमानको घेरामा आफूहरू पनि परेको उनले बताए ।परिवर्तनका निम्ति सारा जीवन बिताएका नेताहरूप्रति कहिलेकाहीँ विषयकेन्द्रित कटाक्ष गरे पनि उनीहरूका योगदानलाई अवमूल्यन गर्ने योजना नरहेको सभापति लामिछानेले बताए ।

“राजनीतिक दल एउटा चुनावबाट अर्को चुनावमा लक्षित नभई एउटा पुस्ताबाट अर्को पुस्तामा लक्षित हुनुपर्छ । कहिलेकाहीँ राजनीतिक दलका विचार, अभिव्यक्तिहरू स्पष्ट नआउँदा अनुमान जल्दछन् र शंका नै शंका, आशंका नै आशंकामा हामीलाई पनि कैयौँ अनुमानको घेरामा राखिएको छ,” उनले भने, “यो परिवर्तनमा आफ्नो सारा जीवन बिताएका नेताहरूप्रति कहिलेकाहीँ कटाक्ष गरेको मात्र यहाँहरूले सुन्नुभएको छ होला, विषयकेन्द्रित कटाक्ष हुनसक्छन् ।

तर, समग्रमा मुलुकको परिवर्तनमा उहाँहरूले दिएको योगदानलाई अवमूल्यन गर्ने न आँट, न साहस न योजना छ । परिवर्तनलाई अवमूल्यन गर्ने ध्येय हुँदैन ।” रास्वपा नयाँ पार्टी भएकाले सिक्दै र बुझ्दै जाने प्रयासमा रहेको उनले उल्लेख गरे । पुराना राजनीतिक दलहरूमा अझै पनि राणाशासन कायम रहेको उनको टिप्पणी छ । व्यवस्था बदलिए पनि राजनीतिक दलभित्र आन्तरिक लोकतन्त्र नहुँदा समस्या देखिएको उनको भनाइ छ ।

 

 

  • साझा परिवेश
  • सोमवार, अशोज २९, २०८० १0:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid