May 22, 2024 | बुधबार, जेष्ठ ९, २०८१
सुचनाहरु
कान्तिपुर मिडियाका अध्यक्ष सिरोहिया कार्यलयबाटै पक्राउ श्रममन्त्री अर्यालको सम्पत्ति : सुन १५० तोला, बैंकमा सवा २ करोड (विवरणसहित) गृहमन्त्री रवि लामिछानेको सम्पत्ति कति छ ? प्रधानमन्त्रीको सम्पति कति छ, हेर्नुहोस् ! कैलाश सिरोहिया भेट्न कांग्रेस नेताहरू काे-काे पुगे कान्तिपुर कम्प्लेक्स ? ‘पूजार सार्की’ मा पलको नयाँ लुक्स सार्बजनिक आफ्नो फाइल खोल्न सरकारलाई आरजुको चेतावनी कान्तिपुरका अध्यक्ष सिरोहियाविरूद्ध धनुषामा पक्राउ पूर्जी सुनचाँदीको मूल्य घट्यो उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगाना र मुसलमानको इजलासमा सहकारी ठगीसम्बन्धी संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी कस्तो रहला आजको मौसम ? पशुपतिको भेटी चोर्ने ८ जना पक्राउ सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने

भारतको केन्द्रीय राजधानी दिल्लीमा वायु प्रदूषण बढ्यो

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक ७, २०८० १८:0१
भारतको केन्द्रीय राजधानी दिल्लीमा वायु प्रदूषण बढ्यो

काठमाण्डौ – भारतको राजधानी दिल्लीको वायु गुणस्तर कमजोर स्तरमा पुगेको छ । सरकारी तथ्यांक अनुसार आज त्यहाँको पीएम २ दशमलव ५ को स्तर ३०६ पुगेको छ । पीएम २ दशमलव ५ भनेको फोक्सोलाई ढाकेर धेरै थरी रोग उत्पन्न गराउने धुलोका कणहरूको मात्रा हो । यसको मात्रा १०१ देखि २०० सम्म हुनुलाई मध्यम र २०१ देखि ३०० सम्म हुनुलाई कमजोर मानिन्छ । तीन सयभन्दा माथि जानुलाई अत्यन्त कमजोर मानिन्छ ।

भारतको मौसम विभागका एक वैज्ञानिक भीके सोनीले दिल्लीको वायुको गुणस्तर आउँदा केही दिन अझै खराव अवस्थामा पुग्ने बताउनुभएको बीबीसीले जनाएको छ । वर्षभरी नै दिल्ली संसारका सबैभन्दा प्रदूषित सहरहरूमध्ये रहने गर्दछ । तर कृषि बालीको अवशेष बाल्ने प्रवृत्ति, हावाको कम गति र चाडपर्वमा पड्काइने पटका लगायतका कारणबाट यहाँको हावा जाडोयाममा अझ विषालु बन्ने गर्दछ ।

बालीनाली थन्क्याएर खेतबारीमै बाँकी रहेको अवशेष बाल्ने प्रवृत्ति पनि प्रदूषणको एक प्रमुख कारण हो । बाली लगाउने आगामी चक्रका लागि खेतबारी खाली गर्न पन्जाब, हरियाणा र उत्तर प्रदेशको पश्चिमी क्षेत्रका किसानहरूले बालीको अवशेष जलाउने गरेका छन् ।

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक ७, २०८० १८:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्