May 19, 2024 | आइतवार, जेष्ठ ६, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

यूएईले जित्यो टस, नेपाल फिल्डिङमा

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १७, २०८० ११:0२
यूएईले जित्यो टस, नेपाल फिल्डिङमा
  • यूएई विरुद्ध नेपालले पहिले बलिङ गर्ने
  • दुवै टोलीलाई आजको खेल जित्नैपर्ने दबाब
  • यूएई नै बाधक बनेपछि नेपालको सम्भावना समाप्त

काठमाडौं ।।

आईसीसी ट्वान्टी-२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ । मूलपानी क्रिकेट मैदानमा टस जितेर यूएईले ब्याटिङ रोजेको हो । यूएई समूह ‘बी’को विजेता र नेपाल समूह ‘ए’को उपविजेताका रूपमा सेमिफाइनलमा भिड्न लागेका हुन् ।

विश्वकपमा छनोट हुन दुवै टोलीलाई आजको खेल जित्नैपर्ने दबाब छ । नेपालले पहिलो र अन्तिमपटक सन् २०१४ मा ट्वान्टी-२० विश्वकप खेलेको थियो । त्यसयता विश्वकपका तीन संस्करण भए पनि नेपालले छनोट चरण पार गर्न सकेको थिएन । गत संस्करणका निम्ति भएको छनोटमा यूएई नै बाधक बनेपछि नेपालको सम्भावना समाप्त भएको थियो ।

 

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १७, २०८० ११:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।