sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

पाटन अस्पतालमा कुटपिटमा संलग्नमाथि कारबाहीको माग

  • साझा परिवेश
  • सोमवार, कार्तिक २०, २०८० १३:४४
पाटन अस्पतालमा कुटपिटमा संलग्नमाथि कारबाहीको माग
  • अस्पतालमा कुटपिटमा संलग्नमाथि कारबाहीको माग
  • अपराधजन्य गतिविधिमा संलग्न हुनु न्यायोचित नभएको संघको ठहर
  • यथार्थ विवरण सार्वजनिक गर्न संघले अस्पताललाई समेत अनुरोध

काठमाडौं ।।

नेपाल चिकित्सक संघले पाटन अस्पतालमा कुटपिटमा संलग्नमाथि कारबाहीको माग गरेको छ । यही कात्तिक १८ गते अस्पतालको ज्येष्ठ नागरिक वार्डमा कार्यरत स्वास्थ्यकर्मीमाथि कुटपिट, गालीगलौज र ज्यान मार्ने धम्की दिइएको भन्दै संघले ध्यानाकर्षण भएको जनाएको छ ।डिउटीमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि गरिने यस्ता अस्वाभाविक र निकृष्ट गतिविधिले समग्र स्वास्थ्य सेवा प्रवाहमै गम्भीर असर पर्ने संघले उल्लेख गरेको छ ।

“…उक्त घटनामा संलग्न दोषीहरूलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन) बमोजिम कानुनी कारबाही गरी शान्तिपूर्ण र भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने वातावरण तयार गर्न यस संघ जोडदार माग गर्दछ,” संघका महासचिव डा. सन्जिब तिवारीले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने र ज्यानै लिने प्रकारका अपराधजन्य गतिविधिमा संलग्न हुनु न्यायोचित नभएको संघको ठहर छ ।

“उपचारको क्रममा कुनै आशंका उत्पन्न भए सोसम्बन्धी कानुनी माध्यमबाट सत्यतथ्य छानबिन गरी कानुनबमोजिमको दण्ड–सजायको भागीदार जोसुकै हुने कानुनी प्रावधानविपरीत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई कुटपिट गर्ने, ज्यानै लिने प्रकारका अपराधजन्य गतिविधिमा संलग्न हुनु न्यायोचित नभएको नेपाल चिकित्सक संघको ठहर छ,” विज्ञप्तिमा उल्लेख छ । ज्येष्ठ नागरिकको मृत्युका विषयमा सत्यतथ्य छानबिन गरी यथार्थ विवरण सार्वजनिक गर्न संघले अस्पताललाई समेत अनुरोध गरेको छ ।

 

 

 

 

  • साझा परिवेश
  • सोमवार, कार्तिक २०, २०८० १३:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid