May 16, 2024 | बिहिबार, जेष्ठ ३, २०८१
सुचनाहरु
४८ विश्व कवि मध्ये शिर्ष एघारमा पर्दै ओझाले जिते भानुसिंह साहित्य पुरस्कार सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो ‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा निर्वाचन भएको दुई वर्षपछि पुनः मतगणना गर्न उच्च अदालत पोखराको आदेश सुनको मूल्य बढ्यो उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै कस्तो छ आजको मौसम ? विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी सदको अवरोध हटाउनेबारे प्रधानमन्त्री र सभामुखबीच छलफल नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा

तिहार नजिकिएसँगै उपभोग्य वस्तुको भाउ महँगियो

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २१, २०८० 0९:२0
तिहार नजिकिएसँगै उपभोग्य वस्तुको भाउ महँगियो

काठमाडौँ । तिहार नजिकिएसँगै बजारमा सबैजसो उपभोग्य वस्तुको भाउ महँगिएको छ । सरकारको ध्यान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुममा केन्द्रित हुँदा केही व्यापारीले यही मौका छोपी आफूखुसी मूल्य तोकेपछि अधिकांश उपभोग्य वस्तुका भाउ महँगिएको हो ।

उद्योगी तथा व्यापारीहरूले यही मौका छोपेर आफूखुसी मूल्य तोकेर बिक्री गरेका छन् । यता उपभोक्ता भने व्यापारीले जति भने पनि किन्न बाध्य भएका छन् । उपभोक्ता अधिकारकर्मी माधव तिमलसिनाले सरकार, राजनीतिक दल, सुरक्षाकर्मी, नियमन कर्मचारी, पत्रकार सबै भूकम्प प्रभावित केन्द्रित भएको मौका छोपी व्यापारीले मनलाग्दी हरेक उपभोग्य वस्तुको भाउ बढाएको बताए । उनले भने, “यो बेलामा सरकारका नियमनकारी निकायको अनुगमनलाई झन् चुस्त दुरुस्त बनाउनुपर्नेमा, बजारमा गुणस्तरहीन वस्तु, कालो बजारी मौलाएको छ, बजार मूल्य मात्रै नभएर गुणस्तरमा पनि त्यतिकै समस्या देखिएको छ ।”

नेपाल खुद्रा व्यापार सङ्घको तथ्याङ्क अनुसार पछिल्लो समय अधिकांश वस्तुको मूल्य बढेको छ । सङ्घका कार्यवाहक अध्यक्ष नरेशबाबु शाहीले पछिल्लो समयमा दैनिक उपभोगका लागि आवश्यक पर्ने हरेक वस्तुको मूल्य बढेर आएको बताए । उनले भने, “पछिल्लो पटक चिनी, दाल, गेडागुडी चामल मात्रै होइन, हरेक, वस्तुको मूल्य बढेर आएको छ, कारण खोज्दा खासै भेटिँदैन, पछिल्लो महँगी चाडपर्वकै असर हो ।” आजको गोरखापत्र दैनिकमा समाचार छ ।

  • साझा परिवेश
  • -