May 16, 2024 | बिहिबार, जेष्ठ ३, २०८१
सुचनाहरु
संसद बैठक चार बजेलाई सर्‍यो ; राष्ट्रियसभा बैठक पनि सारियो झापामा सुनजस्तो पहेँलो धातु देखाई सुन ठगी गर्ने एक युवक पक्राउ आईपीएल : आज सनराइजर्स र गुजरातबीच खेल हुँदै सुनको भाउमा नयाँ रेकर्ड राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची आज मदन-आश्रित स्मृति दिवस ४८ विश्व कवि मध्ये शिर्ष एघारमा पर्दै ओझाले जिते भानुसिंह साहित्य पुरस्कार सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो ‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा निर्वाचन भएको दुई वर्षपछि पुनः मतगणना गर्न उच्च अदालत पोखराको आदेश सुनको मूल्य बढ्यो उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै कस्तो छ आजको मौसम ?

आजदेखि काठमाडौंका सडकमा भेटिएका गाईबाच्छालाई काञ्जी हाउसमा राखिँदै

  • साझा परिवेश
  • बुधबार, कार्तिक २२, २०८० 0९:५५
आजदेखि काठमाडौंका सडकमा भेटिएका गाईबाच्छालाई काञ्जी हाउसमा राखिँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि सडकमा भेटिएका गाईबाच्छालाई काञ्जी हाउसमा राख्ने भएको छ ।

दक्षिणकाली नगरपालिका वडा नम्बर ७ कोपुगाउँमा रहेको काञ्जी हाउसमा काठमाडौंका सडकमा भेटिएका गाईबाच्छालाई आजदेखि राखिने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले जानकारी दिए ।

सडकमा छाडिएका चौपायाले खान नपाएको, तिर्खा लागेका बेला पानीसमेत नपाएको, बिरामी पर्दा उपचार नपाएको र सवारी दुर्घटनाको जोखिम पनि उत्तिकै रहने भएकाले यस्ता जोखिमबाट जोगाउन काञ्जी हाउसमा लैजान लागिएको मेयर शाहले जनाएका छन् ।

फेसबुकमार्फत जानकारी दिँदै उनले भनेका छन्, ‘काञ्जी हाउसमा लगिएका चौपायालाई खुवाउन १० मेट्रिक टन साइलेज खरिद गरेर ल्याइसकेका छौँ । हेरचाह गर्नका लागि दुई जना स्थानीयलाई दैनिक ज्यालादारीमा लिएका छौँ । दक्षिणकाली नगरपालिकाको वडा नं. ७ सँगको सहकार्यमा पानी, बिजुलीलगायतको सुविधा प्रबन्ध गर्दैछौँ ।’

आजदेखि महानगरका चारवटै क्षेत्रबाट सडकमा भएका गाईबाच्छा संकलन गरेर टेकु लगिँदैछ । संकलित गाईबाच्छालाई सुविधाजनक ढुवानी व्यवस्था गरेर काञ्जी हाउस लगिने महानगरले जनाएको छ ।

दक्षिणकालीको कोपुगाउँमा काञ्जी हाउस सञ्चालन गर्न २०७८ फागुन ३ गते काठमाडौं महानगरपालिका र दक्षिणकाली नगरपालिकाबीच सम्झौता भएको थियो ।

यसअघि पनि छाडा चौपाया व्यवस्थापन गर्न महानगरपालिकाले विभिन्न प्रयास गर्दै आएको थियो । यसमध्ये चौपाया लिलामी एउटा विधि थियो । सडकमा भएका चौपाया जम्मा गरेर आर्थिक बर्ष २०५७/०५८ एक वर्षमा १६० गाईबाच्छा लिलामी गरिएको थियो । यस्तै आर्थिक वर्ष २०७०/२०७१ मा ३८८ वटा चौपाया लिलामी गरियो । लिलामी गर्न पुग्ने संख्या बनाउन त्यसबेला टेकु ट्रान्सफर स्टेसन नजिक काञ्जी हाउस सञ्चालन गरिएको थियो । लिलाम गरिएका चौपाया कहाँ लगिन्छन् ? उनीहरु सुरक्षित रहन्छन् त ? भन्ने प्रश्न आएपछि महानगरपालिकाले लिलाम गर्ने प्रक्रिया रोकेको थियो ।

  • साझा परिवेश
  • बुधबार, कार्तिक २२, २०८० 0९:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।