sweet bonanza
February 12, 2026 | बिहिबार, फाल्गुन १, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बझाङमा भूकम्प मापन केन्द्र निर्माण

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० ११:१८
बझाङमा भूकम्प मापन केन्द्र निर्माण
  • चैनपुरमा अस्थायी भूकम्प मापन केन्द्र
  • नेपालभर ४३ स्टेसनबाट भूकम्प मापन हुँदै
  • नेपालका २२ केन्द्रबाट मात्र भूकम्प मापन
  • सुर्खेतले देशरभरका भूकम्पका बारेमा जानकारी दिने

काठमाडौं ।।

पछिल्लो समय नेपालका सुदूरपश्चिम र कर्णाली प्रदेशमा भूकम्प जाने क्रम बढेसँगै बझाङ सदरमुकाम चैनपुरमा अस्थायी भूकम्प मापन केन्द्र निर्माण गरिएको छ । गएको असोज १६ गते बझाङ सदरमुकाम चैनपुर केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएपछि राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले अस्थायी भूकम्प मापन केन्द्र निर्माण गरेको हो । केन्द्रका भूकम्पविद् डा. मुकुन्द भट्टराईले बझाङमा अस्थायी भूकम्प मापन केन्द्र निर्माण गरिएको जानकारी दिए । नेपालमा वि.सं. २०३७ मा ललितपुरको फूलचोकीडाँडामा पहिलो भूकम्प मापन केन्द्र निर्माण गरिएको थियो । बझाङमा अस्थायी भूकम्प मापन केन्द्र निर्माण भएसँगै नेपालभर ४३ स्टेसनबाट भूकम्प मापन हुँदै आएको छ । वि.सं. २०७२ वैशाख १२ गते गएको गोरखा भूकम्पपछि मापनका निम्ति विभिन्न देशका सहयोगमा जोखिममा रहेका नेपालका २० स्थानमा भूकम्प मापन केन्द्र निर्माण गरिएका थिए ।

वि.सं. २०७२ पछि नेपाल सरकारले भूकम्पको जोखिमलाई दृष्टिगत गरी चीन सरकारको सहयोगमा १०, जापान सरकारको सहयोगमा आठ र थाइल्यान्डको सहयोगमा दुई स्थानमा भूकम्प मापन केन्द्र निर्माण गरेको छ । हाल नेपालका झापा, उदयपुर, संखुवासभा, सोलुखुम्बु, रसुवा, लमजुङ, मुस्ताङ, डोल्पा, बाजुरा, दार्चुला, सिन्धुली, बारा, चितवन, नवलपरासी, स्याङ्जा, म्याग्दी, कपिलवस्तु, रोल्पा, महोत्तरी, दाङलगायत जिल्लाका विभिन्न स्थानमा केन्द्र निर्माण गरिएका छन् ।

गोरखा भूकम्पअघि नेपालका २२ केन्द्रबाट मात्र भूकम्प मापन गरिन्थ्यो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले भूकम्प मापन केन्द्र निर्माण भएसँगै देशभर जाने भूकम्पको तथ्यांक मापन गर्न सहज हुने बताए । “भूकम्प मापन गर्ने धेरै स्टेसन निर्माण भएसँगै सानाभन्दा साना भूकम्प समेतको मापन गर्न सहज भएको छ,” उनले भने । नेपाल हिमालय हिमशृंलामा रहेको मुलुक भएकाले पनि यस क्षेत्रमा अन्तको तुलनामा धेरै भूकम्प जाने गरेको केन्द्रले जनाएको छ । हाल राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौर र राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतले देशरभरका भूकम्पका बारेमा जानकारी दिने गरेको छ ।

 

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० ११:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid