April 14, 2025 | सोमवार, बैशाख २, २०८२
सुचनाहरु
आजदेखि नयाँवर्ष २०८२ सुरु, यसरी सुरुवात गर्नुहोस् नयाँ बर्षको अमेरिकाबाट थप ५ नेपाली निकालिए  तीनकुनेको घरमा आगजनी गर्ने यी दुई युवा पक्राउ  अब प्रहरीहरुले  राजीनामा दिन नपाउने, यस्तो छ कारण  आमाको किरिया बसिरहेका बेला छोराले पनि फेरे अन्तिम सास  तीनकुने घटनाबारे पहिलो पटक बोले पुर्वराजा शाह, के भने?  ओलि दमक आएका बेला रास्वपाले कालो झन्डा देखाएर गर्‍यो विरोध प्रदर्शन हतियार सफा गर्ने क्रममा गोली लाग्दा एक सैनिक जवानको गयो ज्यान ज्येष्ठ नागरिकको भत्ता पाँच वर्षसम्म नबढाउन र   उमेर पनि फेरी ७० बर्षपछि बनाउन सिफारीस क्यान्सरका बिरामी दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश  निकिता पौडेल आफै पुगेर सर्वोच्च अदालतमा  दायर गरिन् रिट   पुर्वराजालाइ संसदीय समितिमा बोलाएर स्पस्टिकरण सोध्न माग बुद्ध एयरको विमान मार्फत काठमाडौ ल्याइपुर्याइयो दुर्गा प्रसाईलाई दुर्गा प्रसाईं लाई आसाम प्रहरीले नेपालको सिमामा छोडेपछी पक्राउ गर्यो नेपाल प्रहरीले दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने

बझाङमा भूकम्प मापन केन्द्र निर्माण

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० ११:१८
बझाङमा भूकम्प मापन केन्द्र निर्माण
  • चैनपुरमा अस्थायी भूकम्प मापन केन्द्र
  • नेपालभर ४३ स्टेसनबाट भूकम्प मापन हुँदै
  • नेपालका २२ केन्द्रबाट मात्र भूकम्प मापन
  • सुर्खेतले देशरभरका भूकम्पका बारेमा जानकारी दिने

काठमाडौं ।।

पछिल्लो समय नेपालका सुदूरपश्चिम र कर्णाली प्रदेशमा भूकम्प जाने क्रम बढेसँगै बझाङ सदरमुकाम चैनपुरमा अस्थायी भूकम्प मापन केन्द्र निर्माण गरिएको छ । गएको असोज १६ गते बझाङ सदरमुकाम चैनपुर केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएपछि राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले अस्थायी भूकम्प मापन केन्द्र निर्माण गरेको हो । केन्द्रका भूकम्पविद् डा. मुकुन्द भट्टराईले बझाङमा अस्थायी भूकम्प मापन केन्द्र निर्माण गरिएको जानकारी दिए । नेपालमा वि.सं. २०३७ मा ललितपुरको फूलचोकीडाँडामा पहिलो भूकम्प मापन केन्द्र निर्माण गरिएको थियो । बझाङमा अस्थायी भूकम्प मापन केन्द्र निर्माण भएसँगै नेपालभर ४३ स्टेसनबाट भूकम्प मापन हुँदै आएको छ । वि.सं. २०७२ वैशाख १२ गते गएको गोरखा भूकम्पपछि मापनका निम्ति विभिन्न देशका सहयोगमा जोखिममा रहेका नेपालका २० स्थानमा भूकम्प मापन केन्द्र निर्माण गरिएका थिए ।

वि.सं. २०७२ पछि नेपाल सरकारले भूकम्पको जोखिमलाई दृष्टिगत गरी चीन सरकारको सहयोगमा १०, जापान सरकारको सहयोगमा आठ र थाइल्यान्डको सहयोगमा दुई स्थानमा भूकम्प मापन केन्द्र निर्माण गरेको छ । हाल नेपालका झापा, उदयपुर, संखुवासभा, सोलुखुम्बु, रसुवा, लमजुङ, मुस्ताङ, डोल्पा, बाजुरा, दार्चुला, सिन्धुली, बारा, चितवन, नवलपरासी, स्याङ्जा, म्याग्दी, कपिलवस्तु, रोल्पा, महोत्तरी, दाङलगायत जिल्लाका विभिन्न स्थानमा केन्द्र निर्माण गरिएका छन् ।

गोरखा भूकम्पअघि नेपालका २२ केन्द्रबाट मात्र भूकम्प मापन गरिन्थ्यो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले भूकम्प मापन केन्द्र निर्माण भएसँगै देशभर जाने भूकम्पको तथ्यांक मापन गर्न सहज हुने बताए । “भूकम्प मापन गर्ने धेरै स्टेसन निर्माण भएसँगै सानाभन्दा साना भूकम्प समेतको मापन गर्न सहज भएको छ,” उनले भने । नेपाल हिमालय हिमशृंलामा रहेको मुलुक भएकाले पनि यस क्षेत्रमा अन्तको तुलनामा धेरै भूकम्प जाने गरेको केन्द्रले जनाएको छ । हाल राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौर र राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतले देशरभरका भूकम्पका बारेमा जानकारी दिने गरेको छ ।

 

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० ११:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट