sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

पूर्वराष्ट्रपतिद्वारा दीपावलीको शुभकामना

  • साझा परिवेश
  • आइतवार, कार्तिक २६, २०८० ११:0३
पूर्वराष्ट्रपतिद्वारा दीपावलीको शुभकामना
  • पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीद्वारा महान् चाड तिहारको शुभकामना
  • देउसी भैलोको दक्षिणाबाट सङ्कलित कोषलाई सामाजिक र सामुदायिक हितका कार्यमा लगाउन अनुरोध 
  • सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन पथ प्रदर्शन गर्न सकोस् भन्ने कामना

काठमाडौं।।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरुको महान् चाड तिहारको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरेकी छन् । तिहारको अवसरमा शुभकामना दिँदै उनले तिहारले नेपालीहरूबीच आपसी सद्भाव, सहिष्णुता भ्रातृत्वको भावना अभिवृद्धिसँगै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेकी छन् । ‘नेपालीहरूको एक महत्त्वपूर्ण र मौलिक चाडको रूपमा रहेको तिहार पर्वको अवसरमा काग, कुकुर, गाई र गोरु लगायत पशुपंक्षीको पूजा गरिनुका साथै धन र ऐश्वर्यकी देवी लक्ष्मीको पूजा अर्चनाका साथै दीपावली गर्ने तथा दिदीबहिनीद्वारा दाजुभाइलाई सप्तरङ्गी टीका एवं सयपत्री र मखमली फूलको माला लगाई पूजा गर्ने परम्परा रहेको छ । यसरी तिहार पर्वले प्रकृति, मानव र प्राणी जगत्‌को अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नुका साथै दाजुभाइ तथा दिदीबहिनी बीचको पवित्र र आत्मिय सम्बन्धलाई प्रगाढ बनाउँदछ ।’

पूर्वराष्ट्रपति भण्डारीले शुभकामना सन्देशमा भनेकी छन्, ‘तिहारको अवसरमा टोल छिमेकका घरघरमा गएर देउसी भैलो खेल्ने, देउसे र भैलेनी टोलीलाई गच्छेअनुसारको दक्षिणा दिने र त्यसबापत टोलीद्वारा घरबेटीलाई सुख, शान्ति र समृद्धिको लागि शुभ आशिष् दिने अत्यन्त मौलिक र सुन्दर परम्परा समेत रहेको छ । देउसी भैलोको दक्षिणाबाट सङ्कलित कोषलाई सामाजिक र सामुदायिक हितका कार्यमा लगाउने असल अभ्यासलाई हामीले जोगाउनु पर्दछ भने तिहारलाई जुवा तास खेल्ने अवसरका रूपमा लिने नकारात्मक पक्षलाई भने हामीले हटाउँदै जानु पर्दछ ।’ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दीपावलीको प्रकाशले सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन पथ प्रदर्शन गर्न सकोस् भन्ने कामना गरेकी छन् । ‘पौराणिक, सांस्कृतिक र व्यवहारिक महत्त्व बोकेको तिहारलाई हामी दीपावलीको नामबाट समेत जान्दछौं । दीपावलीको माध्यमबाट प्रकट हुने उज्यालो प्रकाशले हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन पथ प्रदर्शन गर्न सकोस् भन्ने कामना गर्दछु ।’ पूर्वराष्ट्रपति भण्डारीले भनेकी छन् ।

  • साझा परिवेश
  • आइतवार, कार्तिक २६, २०८० ११:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid