May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
कोशीमा तेश्रोपटक मुख्यमन्त्री बन्दै हिक्मत कार्की सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति मुख्यमन्त्री कार्की सर्वोच्चमा मुद्दा दर्ता गराउन काठमाडौँ लागे कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज कोशीमा किचलो : अब को बन्ला मुख्यमन्त्री ? संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ

मण्डलामा ‘मानिस हराएको सूचना’

  • साझा परिवेश
  • शनिबार, मंसिर २, २०८० ११:५७
मण्डलामा ‘मानिस हराएको सूचना’

काठमाडौँ, मङ्सिर २ गते । लैङ्गिक भेदभाव समेटिएको नाटक ‘मानिस हराएको सूचना’ मञ्चन हुने भएको छ । नाटकमा आफू ‘आफू’ नै भएर जिउन नपाउँदाको पीडा, खुलेर आफ्नो पहिचान दर्शाउन नपाउँदाको पीडा, परिवार, समाजबाट पूर्ण स्वीकार नहुँदाको पीडा र आफ्नो प्रेमीसँगको सम्बन्ध खुलेर भन्न नपाउँदाको पीडा प्रस्तुत गरिएको छ ।

नाटक ‘मानिस हराएको सूचना’ मा यस्ता अनेकौँ पीडालाई समेट्दै अन्धकारबाट उज्यालोतर्फ जान खोजिएको छ । एभरेस्ट फिल्म एकेडेमीका कलाकारहरू र मण्डला थिएटरका रङ्गकर्मीहरू शान्ता राई, सविन राई, विष्णु श्रेष्ठ, सोनिका शाही ठकुरी, लक्ष्मण केसी, शर्मिला लाम्गादे, अनिश बिमली, स्नेहा जोशी, शरद न्यौपाने, दीपक कोइराला, साइमन थापा, पुकार चापागाईंबिचको सहकार्यमा नाटक बनेको छ ।

नाटकलाई अमित गिरी र सन्तोष विष्टले निर्देशन गर्नुभएको छ । ब्लु डाइमन्ड सोसाइटी र झ्याल आर्ट्सले प्रायोजन गरेको नाटकमा एभरेस्ट फिल्म एकेडेमी र मण्डला थिएटर नेपालको सहकार्य रहेको छ । नाटक मङ्सिर १५ देखि २४ गतेसम्म प्रदर्शन हुँदै छ ।

  • साझा परिवेश
  • शनिबार, मंसिर २, २०८० ११:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट